२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पपुवा न्युगिनीमा ७ रेक्टर र अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्प

२०८०, २० आश्विन शनिबार ११:०६

असोज २०, एजेन्सी | पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात रेक्टरको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ। सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो। 

यसैबीच अफगानिस्तानको पश्चिमी भूभागमा पनि शनिबार बिहान छ दशमलव तीन ६.३ रेक्टरको भूकम्प गएको युएसजीएसले जनाएको छ। त्यसपछि हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पका पाँच दशमलव पाँच, चार दशमलव सात र छ दशमलव दुई रेक्टरका तीनवटा पराकम्प गएका थिए। 

युएसजीएसले यसअघि छ दशमलव दुई रेक्टरका भूकम्प गएको जनाएको थियो। अफगानिस्तानको उक्त क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र हो। हिन्दकुश पर्वतमाला, युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गममा अवस्थित भएकाले अफगानिस्तान उच्च भूकम्पीय जोखिममा रहेको भूगर्भविदहरूले बताउँदै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी