४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सम्पर्कमा आइन् इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत, उद्दारपछि मुम्बई लगिंदै

२१ आश्विन २०८०, आईतवार ०८:४६

एजेन्सी | हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । 

हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् । गएको शनिबार दिउँसो साढे १२ बजे नुसरतले अन्तिम पटक परिवारसँग कुरा गरेकी थिइन् । यसपछि उनलाई लिएर नयाँ खबर थिएन । पारिवारिक स्रोतका अनुसार नुसरत यतिबेला भने सम्पर्कमा आएकी छन् ।

आइतबार दिउँसो २ बजे उद्धार उडानमार्फत उनलाई मुम्बई लैजाने जनाइएको छ । नुसरतले आफू बेसमेन्टमा लुकेको बताएकी छन् ।

नुसरतको टोलीका एक सदस्यले विज्ञप्ति जारी गर्दै नुसरत इजरायलमा फसेको जनाएका थिए । हाइफा फिल्म फेस्टिभलमा सहभागी हुन नौ दिनअघि उनी भारतबाट इजरायल गएकी थिइन् । टोलीले उनीसँग शनिबार दिउँसो साढे १२ बजे अन्तिम पटक कुराकानी गरेको थियो । कुराकानीका क्रममा नुसरतले आफू बेसमेन्टमा लुकेर सुरक्षित रहेको बताएकी थिइन् ।

हिजोदेखि सम्पर्कका लागि प्रयास भइरहेको तर सम्पर्क हुन नसकेको टोलीले जनाएको थियो । उनको टोलीले नुसरतलाई सकुशल भारत फर्काउन हरसम्भव प्रयास गरिरहेको छ । सबैले नुसरत सकुशल फर्किआओस् भनेर प्रार्थना गरिरहेका थिए ।

यो घटनामा सात नेपाली घाइते भएको र अन्य केही पनि प्रभावित भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नुसरत पछिल्लो पटक फिल्म ‘अकेली’ मा देखिएकी थिइन् । फिल्मले इराक युद्धमा फसेकी एक भारतीय युवतीको कथालाई चित्रण गरेको छ । यो केटी सन् २०१४ मा इराकमा चलिरहेको गृहयुद्धमा फसेकी छिन् र त्यहाँबाट भाग्न र आफ्नो जीवन बचाउन हर सम्भव प्रयास गर्छिन् । नुसरतले भारतीय युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्मको कथामा जस्तै उनी अहिले वास्तविक जीवनमा उनी इजरायल र प्यालेस्टाइनबीचको युद्धमा फसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’