२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वकै शक्तिशाली भनिने इजरायलको इन्टेलिजेन्स कसरी चुक्यो?

२०८०, २१ आश्विन आईतवार ०९:४९

असोज २१, काठमाडौँ | ‘यो कसरी भयो, हामीलाई थाहा छैन ।’ यो इजरायली अधिकारीको प्रतिक्रिया हो । यति व्यापक स्रोत साधन भएको  र विश्वकै शक्तिशाली भनिने इजरायली इन्टेलिजेन्सले यो हमलाबारे कसरी थाहा पाउन सकेन त ? धेरैले प्रश्न गरिरहेका छन् ।  

शनिवार बिहानै गजा पट्टीबाट इजरायलमाथि हजारौँ रकेट हमला गरिएको थियो, त्यति नै बेला दर्जनौँ हतियारधारी प्यालेस्टिनी लडाकु गजा पट्टी र इजरायलबीच भारी सुरक्षा तैनाथ भएको सीमा पार गर्न सफल रहे । 

इजराइलको घरेलु अनुसन्धान एजेन्सी शिन बेत, विदेशमा जासुस गर्ने गुप्तचर एजेन्सी मोसाद र शक्तिशाली इजरायली सेना हुँदाहुँदै पनि यो हमला बारे कसैले केही सुइँको पाएनन् । 

वा उनीहरूलाई यसबारे थाहा थियो तर कसै गरी रोक्न सकेनन् ? 

यो हमलामा सय जना इजरायली नागरिक मारिएका छन् र ९८५ भन्दा बढी घाइते भएका छन् । जबकि इजरायलको जवाफी हमलामा १९८ प्यालेस्टिनी मारिएका छन् र हजारभन्दा बढी घाइते भएका छन् । 

ताजा सङ्घर्षमा एक नजर

– गजा पट्टीबाट भएको अचानकको हमलापछि प्यालेस्टिनी इस्लामी चरम पन्थी समूह हमासका दर्जनौँ हतियारधारी लडाकु दक्षिणी इजरायलमा प्रवेश गरे ।

– गजा पट्टीबाट इजरायलमा हजारौँ रकेट प्रहार गरिए । यस हमलामा कम्तीमा सय इजरायली नागरिक मारिएका छन् जबकि ९८५ भन्दा बढी घाइते भएका छन् ।

– हमासका प्रमुख मोहम्मद जाइफले भने, ‘यो अति भयो ।’

– प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने, ‘यो उक्साहट मात्रै होइन, युद्ध हो र दुस्मनले यसको भारी मूल्य चुकाउनुपर्नेछ ।’

– थुप्रै इजरायलीलाई बन्धकको रूपमा गजा पट्टीमा लगिएको छ ।

– इजरायलका सुरक्षा प्रमुखको बैठकमा प्रधानमन्त्री नेतन्याहूले घुसपैठ गर्नेहरूलाई सफायाको निर्देशन दिएको छ । उनले भनेका छन्, ‘यो एक युद्ध हो र हामी यो युद्ध जित्नेछौँ ।’

– आइडीएफले हमासको शिविरमा जवाफी हमला सुरु गरेको छ । गजा पट्टीमा हमासको १७ शिविर र ४ हेडक्वार्टरमा इजरायलले हवाई हमला गरेका छन् ।

– इजरायली रक्षा मन्त्री योआव ग्यालेन्टले भने, ‘हमासले ठुलो गल्ती गरेको छ ।’

– इजरायली मिडियाका अनुसार दक्षिणी इजरायलका थुप्रै स्थानमा इजरायली सुरक्षा बल र प्यालेस्टिनी लडाकुबिच गोलीबारी भइरहेको छ । 

– इजरायलका अस्पतालले दर्जनौँ घाइतेको उपचार भइरहेको र तीमध्ये धेरैको स्थिति गम्भीर भएको जानकारी दिएको छ ।

इजरायलको सुरक्षा कवच कति शक्तिशाली ?

इजरायलसँग पश्चिम एसियामा सबैभन्दा व्यापक र स्रोत साधन भएको गुप्तचर निकाय छ भनेर विश्वास गरिन्छ । 

इजरायलको गुप्तचर एजेन्सीका एजेन्ट र सूचना दिने प्यालेस्टिनी चरम पन्थी समूहबाहेक लेबनान, सिरिया र जुन सुकै स्थानमा छन् । 

विगतमा, यसले अतिवादी नेताहरूको सटीक तरिकाले हत्या गरेको छ र उनीहरूको हरेक क्रियाकलापको भित्रीसम्मको जानकारी हुन्छ । 

एजेन्टले कुनै टार्गेट कारमा जिपिएस ट्र्याकर लगाइदिएपछि त्यसलाई ड्रोनले निशाना बनाइन्छ । कतिपय अवस्थामा त विस्फोटक मोबाइल फोनसमेत प्रयोग गरिएको छ ।

जमिनको सुरक्षा पनि निकै कडा छ । गाजा र इजरायल बिचको सिमानामा क्यामेरा, ग्राउन्ड मोशन सेन्सर र लगातार सेनाको गस्तीको साथ कडा बार लगाइएको छ ।

पर्खालमा काँडे तार राखिएकाले यस पटक जस्तो घुसपैठको सम्भावना न्यून हुन्छ ।

तर हमासका लडाकुहरूले यी पर्खालहरू बुल्डोजरले भत्काए, तार काटेर समुद्रबाट र प्याराग्लाइडरको सहयोगमा इजरायल प्रवेश गरे ।

इजरायलीको नाकै मुनी यति ठुलो र यस्तो तालमेलका साथ यो जटिल हमला भयो जसमा हजारौँ रकेट दागिए । यसले लाग्छ कि हमासले सैन्य कारवाहीको असाधारण स्तर अपनाएको थियो । 

कसरी चुक्यो इजरायली गुप्तचर

सन् १९७३ मा योम किपुर युद्धमा यसै गरी भएको अचानकको हमलाको ५० औँ वर्षगाँठमा यो हमला कसरी भयो भनेर इजरायली मिडिया आफ्ना देशका सेना र राजनीतिक नेतृत्वसँग प्रश्न गरिरहेको छ । 

इजरायली अधिकारीका अनुसार व्यापक अनुसन्धान सुरु भइसकेको छ र ‘यो प्रश्न थुप्रै वर्षसम्म रहिरहनेछ ।’

तर इजरायलसँग यति बेला धेरै महत्त्वपूर्ण काम छन् । यसले आफ्नो दक्षिणी सीमाबाट छिरेका घुसपेठीहरुलाई दबाउनु छ र सीमामा तारबन्दीको इजरायलतर्फ हमासका चरमपन्थीको कब्जाबाट थुप्रै समुदायलाई छुटाउनु छ । 

इजरायलले बन्धक बनाएका नागरिकहरूलाई मुक्त गर्ने उपायहरू खोज्नुपर्नेछ, चाहे सैन्य उद्धार अभियान मार्फत होस् वा वार्ता मार्फत ।

यसले इजरायलमा रकेट प्रहार गरिएका सबै प्रक्षेपण साइटहरू हटाउने प्रयास गर्नेछ । तर यो निकै मुस्किल काम हो किनभने निकै कम समयमा नै यो कतैबाट प्रहार गर्न सकिन्छ । 

तर इजरायलको सबैभन्दा ठुलो चिन्ता भनेको हमासको अपिलमा यो सङ्घर्षमा समावेश हुने अन्य मानिसलाई कसरी रोक्ने र यो लडाइँलाई पश्चिमी तटसम्म फैलन कसरी रोक्न सकिन्छ ?

किनभने लेबनानसँग जोडिएको उत्तरी सीमा पार अत्याधुनिक हतियारद्वारा सुसज्जित हिज्बुल्लाहका लडाकु यो लडाइँमा समावेश हुन सक्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ