४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल–हमास द्वन्द्व: नेपालसहित १० देशका नागरिक मारिए, केही देशका बेपत्ता

२३ आश्विन २०८०, मंगलवार ०८:४५

असोज २३, काठमाडौँ | प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि इजरायल र प्यालेस्टिनबीच जारी द्वन्द्वमा १ हजार ५०० भन्दा धेरै मानिस मारिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहानसम्म इजरायलतर्फ ९०० र प्यालेस्टिनतर्फ ६८७ जना मारिएका छन्। 

इजरायल र प्लालेस्टिनबीचको जारी द्वन्द्वमा ज्यान गुमाउनेमा विदेशी नागरिक समेत छन्। नेपालका १० जना विद्यार्थीले उक्त आक्रमणमा ज्यान गुमाएका छन्। इजरायल–हमास द्वन्द्वमा नेपालसहित १० देशका नागरिक मारिएका छन्। ४ देशका नागरिक बेपत्ता छन्।  

इजरायलमा ज्यान गुमाउने विदेशीमध्ये सबैभन्दा धेरै थाइ नागरिक छन्। थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा आफ्ना १८ जना नागरिक मारिएको बताएको छ। थाइल्याण्डले आफ्ना केही अरु नागरिक अझै बेपत्ता रहेका पनि जनाएको छ। इजरायलमा ३० हजार जना थाइ नागरिक रहेका बताइएको छ। 

नेपालका १० जना विद्यार्थी मारिएका छन्। ४ जना घाइते भएका छन् भने १ जना नेपाली विद्यार्थी सम्पर्कविहीन छन्। 

इजरायलमा १० जना बेलायती नागरिक पनि ज्यान गुमाएको आशंका गरिएको छ। यद्यपि ज्यान गुमाउने बेलायती नागरिकको भने पहिचान खुलिसकेको छैन। अमेरिकाका पनि ९ जना नागरिकले ज्यान गुमाएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ।  क्यानडाका १ जना नगरिक मारिएका छन् भने २ जना सक्पर्कविहीन छन्। फ्रान्सले पनि आफ्ना १ जना नागरिक (महिला) मारिएका बताएको छ। केही नागरिकहरु सम्पर्कविहीन रहेको फ्रान्स सरकारले जनाएको छ। 

यस्तै, जर्मनीकी १ जना महिला पनि आक्रमणमा मारिएकी आशंका गरिएको छ। आक्रमणमा मारिएकी भनिएको जर्मनी महिला ‘सुपरनोभा म्युजिक फेस्टिभल’मा सहभागी थिइन्। हमासको आक्रमणबाट उक्त फेस्टिभलमा सहभागीमध्ये २६० जना मारिएका विवरण सार्वजनिक भएको छ। 

१ जना चिनियाँ महिला पनि इजरायलको द्वन्द्वमा मारिएकी छन्। उनी पनि ‘सुपरनोभा म्युजिक फेस्टिभल’ मा सहभागी थिइन्। 

कम्बोडियाले पनि आफ्ना १ जना विद्यार्थी इजरायल द्वन्द्वमा मारिएको बताएको छ। ब्राजिलको सरकारले आफ्ना ३ जना नागरिक बेपत्ता भएका जनाएको छ। पाराग्वेको सरकारले आफ्ना २ जना नागरिक सम्पर्कविहीन रहेको जनाएको छ। मेक्सिकोका पनि २ जना नागरिकको अपहरण भएको बताइएको छ। 

यस्तै, आयरल्याण्डकी १ जना महिला पनि बेपत्ता छिन्। तान्जानियाले आफ्ना २ जना विद्यार्थी सम्पर्कविहीन रहेका बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’