४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गाजामा १०० देखि १५० इजरायली नागरिक बन्धक

२३ आश्विन २०८०, मंगलवार ११:०३

एजेन्सी | संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा १०० देखि १५० इजरायली नागरिकलाई बन्धक बनाएको बताएका छन् । ती सबैलाई इजरायलबाट अपहरण गरिएको थियो। यसअघि यो संख्या दर्जनौँदेखि १०० सम्म रहेको बताइएको थियो ।

मंगलबार बिहान इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले सेनाले बन्धक बनाएका ५० जनाको परिवारलाई यसबारे जानकारी गराएको बताए । यसबारे परिवारलाई जानकारी गराउन सेनाले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको उनले बताए ।


यता गाजामा मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा मारिनेमा १०० भन्दा बढी बालबालिका र १०० भन्दा बढी महिला रहेको जनाएको छ । हिजोको आक्रमणमा करिब ३०० जनाको ज्यान गएको थियो, जसमध्ये दुई तिहाइ आम नागरिक थिए।

संयुक्त राष्ट्र संघले गाजाबाट टाढा रहेको ‘वेस्ट ब्याङ्क’ मा इजरायली सुरक्षा बलसँगको भिडन्तमा १७ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा चार बालबालिका रहेका छन् । वेस्ट ब्याङ्क गाजाबाट अलग छ र हमासको नियन्त्रणमा छैन। यस घटनामा २९५ जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’