२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वकपमा श्रीलंकाविरुद्ध रिजवानले बनाएको रन गाजाका नागरिकप्रति समर्पण

२०८०, २४ आश्विन बुधबार १०:४३

असोज २४, काठमाडौँ | पाकिस्तानी टोलीका ब्याट्सम्यान मोहम्मद रिजवानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबा श्रीलंकाविरुद्ध आफूले बनाएको रन र आफ्नो टोलीले हासिल गरेको जितलाई गाजाका नागरिकप्रति समर्पित गरेका छन् । 

विकेटकिपर ब्याट्सम्यान रिजवानले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘मेलै बनाएको रन र पाकिस्तानी टोलीको जित गाजामा रहेका हाम्रा दाजुभाई—दिदीबहिनीप्रति समर्पित गर्न चाहन्छु । यो जित उनीहरुप्रति समर्पित गर्न पाउँदा निकै खुसी लागेको छ । यसको श्रेय टोलीका सबै सदस्यलाई जान्छ । तर, यसमा सबैभन्दा ठूलो योगदान अब्दुल्लाह सफिक र हसन अलीको छ ।’


उनले हैदराबादका नागरिक र क्रिकेट समर्थकलाई पनि धन्यवाद दिएका छन् । पाकिस्तान र श्रीलंकाबीचको खेल हैदराबादस्थित राजिव गान्धी स्टेडियममा खेलिएको थियो । त्यो खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको थियो । ‘न्यायो आतिथ्य र समर्थनका लागि म हैदराबादका नागरिकप्रति पनि आभार व्यक्त गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भनेका छन् । 

तीन सय ४५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पाकिस्तानलाई महत्त्वपूर्ण जित दिलाउन रिजवानले अविजित एक सय ३१ रनको योगदान गरेका थिए । उनले एक सय २१ बलको सामना गरी तीन छक्का र आठ चौका हिर्काएका थिए ।

यसका अतिरिक्त पाकिस्तानलाई विजयी बनाउन ओपनर ब्याट्सम्यान अब्दुल्लाह सफिकले पनि एक सय १३ रनको योगदान गरेका थिए । उनले एक सय तीन बलको सामना गरी तीन छक्का र १० वटा चौका हिर्काएका थिए । हसन अलीले भने श्रीलंकाको चार विकेट लिएका थिए ।

गत शनिबार इजरायलमा भएको आक्रमणयता इजरायल—हमास द्वन्द्वमा परी एक हजार दुई सयजनाको मृत्यू भइसकेको छ । विगत ७५ वर्षयता इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो । गाजामा पनि नौ सय जनाले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी