४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

२८ आश्विन २०८०, आईतवार १२:२१

असोज २८, काठमाडौँ | हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ ।

त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ ।

गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो ।  अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


शनिबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ती सैनिकलाई भेटेको तस्वीर र भिडियो पनि सार्वजनिक भएको छ ।

गाजाको सीमा क्षेत्रमा इजरायलले यसअघि नै ट्यांक तैनाथ गरेको थियो ।

इजरायली सेनाले उत्तर गाजा खाली गर्न स्थानीयबासिन्दालाई दिएको २४ घन्टाको समय पूरा भइसकेको छ । सेनाले उनीहरुलाई ठाउँ खाली गर्न थप ३ घन्टाको समय दिएको र त्यो समयमा उसले कुनै पनि कारबाही नगरेको बीबीसीले जनाएको छ ।

इजरायलले खाली गर्न निर्देशन दिएको ठाउँमा ११ लाख प्यालेस्टायनी नागरिक छन् ।

जसबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ । हमासको कारबाहीमा परेर इजरायलमा १ हजार ३०० जना मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’