४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मुस्लिम भन्दै अमेरिकामा ७१ वर्षीय काजुबाद्वारा २ जनामाथि छुरा प्रहार, ६ वर्षीय बालकको मृत्यु

२९ आश्विन २०८०, सोमबार ०६:२७

एजेन्सी | अमेरिकामा एक व्यक्तिले दुई जनालाई मुस्लिम भएको भन्दै छुरा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । अमेरिकाको प्लेनफिल्डमा ७१ वर्षीय जोसेफ काजुबामाथि ६ वर्षीय बालकको हत्या र ३२ वर्षीया महिलालाई घाइते बनाएको आरोप लागेको हो ।

इलिनोइस क्याभिल काउन्टी सेरिफको कार्यालयले हमास र इजरायलबिच चलिरहेको द्वन्द्वका कारण पीडितहरूलाई लक्षित गरेको बताएको छ। काजुबालाई फर्स्ट-डिग्री हत्या, फर्स्ट-डिग्री हत्याको प्रयास, घृणा अपराध र बढ्दो आक्रमणको आरोप लगाइएको छ।


विल काउन्टी शेरिफको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उनीहरूले शनिबार बिहान एक महिलाबाट आपतकालीन टेलिफोन प्राप्त गरे। घरधनीले आफूमाथि आक्रमण गरेको महिलाले बताइन् । महिलाका अनुसार उनी बाथरुममा लुकेकी थिइन्।

दुवै घाइतेलाई अस्पताल लगिएपनि बालकको मृत्यु भएको थियो । प्रहरी अनुसन्धानले बालकलाई २६ पटक छुरा प्रहार गरेको पाइएको छ । शेरिफको कार्यालयले भन्यो, ‘यस आक्रमणमा प्रयोग गरिएको चक्कु १२ इन्च सैन्य शैलीको चक्कु थियो जसमा सात इन्च ब्लेड थियो।’ आक्रमणमा गम्भीर घाइते भएकी महिला बाँच्ने अनुमान गरिएको छ । 

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्वमा हजारौँ सर्वसाधारण मारिएका छन् । इजरायलमा १४०० जनाको मृत्यु भएको छ भने गाजामा इजरायलको आक्रमणका कारण २४५० जनाको मृत्यु भएको छ भने १ हजार जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’