४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० को मृत्यु

१ कार्तिक २०८०, बुधबार ०५:३१

कार्तिक १, काठमाडौँ | प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा  मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् ।

इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थलका रूपमा समेत प्यालेस्टिनी नागरिहरूले प्रयोग गर्दै आएका थिए । अस्पतालका कार्यरत एक चिकित्सकले करिब ४ हजार जनाले त्यहाँ शरण लिएको बीबीसीलाई बताएका छन् । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोक घोषणा गरेका छन् ।


हमासले हवाई हमलालाई 'युद्ध अपराध' भन्दै इजरायललाई दोषी ठहर गरेको छ । इजरायलले भने हमासलाई नै दोष लगाएको छ । इजरायलले आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गर्दै अर्को 'आतंकवादी समूह प्यालेस्टिनी इस्लामिक जिहाद'ले प्रहार गरेको रकेट विस्फोट भएको बताएको छ। गाजाको दोस्रो ठूलो लडाकु समूह प्यालेस्टिनी इस्लामिक जिहादले पनि जिम्मेवारी अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय नेताहरूले अस्पतालमा भएको हमलाको निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेखेका छन्, 'डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । सुरुवाती विवरणअनुसार सयौँ मानिस घाइते भएको र मृत्यु भएको संकेत छ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्छौं ।'

जोर्डन, इजिप्टका नेताहरूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको शिखर वार्ता रद्द गरेका छन् । बाइडेन केही बेरमा इजरायल उत्रिँदै छन् जहाँ उनले इजरायली नेताहरूलाई भेट्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’