४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्यालेस्टाइनको लडाकु समूह हमासद्वारा बन्धक बनाएकामध्ये थप दुई जना रिहा

७ कार्तिक २०८०, मंगलवार ०२:४८

कात्तिक ७, (एजेन्सी) । प्यालेस्टाइनको विद्रोही लडाकु समूह हमासले थप दुई जना बन्धकलाई रिहा गरेको छ ।

हमासले इजिप्ट र कतारको मध्यस्थतामा नुरिट कुपर र योचेभ लिफसिट्ज नाम गरेका दुई जना व्यक्तिको रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसै महिनाको ७ तारिखमा हमासले अप्रत्यासित रुपमा इजरायलमा आक्रमण गर्दै दुई सय २० जनाभन्दा धेरैलाई अपहरण गरेको थियो । यसअघि दुई जना रिहा भएकोमा हिजो थप दुई जना रिहा भएका हुन् ।


कतारले आफ्नो मध्यस्थतामा थप ५० जना बन्धक रिहा गर्न हमास तयार भएको उल्लेख गरेको छ । तर हमासले युद्धविराम र गाजामा थप सहायता पठाउने ग्यारेन्टी भएमा मात्रै थप बन्धकहरूलाई रिहा गर्ने अडान लिएको छ । तर इजरायलले भने गाजा ध्वस्त पारिने त्यसको लागि हतियारले सुसज्जित सेना तयारी अवस्थामा रहेको जनाएको छ ।

इजरायलले गाजाको ५० प्रतिशत क्षेत्र ध्वस्त बनाइसकेको छ । हमासको आक्रमणबाट इजरायलमा १४ सय जनाको ज्यान गएको छ भने इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा ५ हजार जनाभन्दा धेरै प्यालेस्टाइनी मारिएका छन् । हिजो एकैदिन इजरायलको आक्रमणबाट गाजामा ४ सय ३६ जनाको ज्यान गएको  खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’