२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलका प्रधानमन्त्री नेतान्याहूले मागे माफी

२०८०, १३ कार्तिक सोमबार ०७:०२

कात्तिक १३, काठमाडौँ | इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सुरक्षा बलसँग माफी मागेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणबारे पूर्वजानकारी पाउन असफल भएको भन्दै उनले त्यति बेला सुरक्षा बललाई दोष लगाएका थिए ।

तर, अहिले यस्तो परिस्थितिमा एकता सर्वोपरि भएको र उक्त टिप्पणी गर्नु गलत भनेर उनले माफी मागेका हुन् ।

शनिबार सामाजिक सञ्जाल एक्समा नेतन्याहूले हमासको आक्रमणबारे खुफिया सेवा र सुरक्षा एजेन्सी सिन बेटले कुनै चेतावनी दिन नसकेको लेखेका थिए । अहिले डिलिट गरिएको सो पोस्टमा उनले उल्टै उक्त समूहलाई निरुत्साहित पारेको आश्वासन दिएको उल्लेख गरेका थिए ।

उक्त पोस्टका विषयमा नेतन्याहूकै पक्षका नेता र विपक्षीले आलोचना गरेका थिए । त्यसपछि उनले माफी माग्दै सबै सुरक्षा निकायलाई आफ्नो पूर्ण समर्थन रहेका बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी