४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा चुनावी प्रचारका दौरान सांसदमाथि चक्कु प्रहार

१३ कार्तिक २०८०, सोमबार ११:५७

एजेन्सी | तेलंगानाको सत्तारुढ पार्टी भारत राष्ट्र समिति (बीआरएस) का सांसद कोटा प्रभाकर रेड्डीमाथि सोमबार विधानसभा चुनाव प्रचारका दौरान एक अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् । रेड्डीलाई पार्टीको दुब्बक विधानसभा सीटबाट टिकट दिइएको छ ।


प्रहरीका अनुसार सिद्दीपेट जिल्लामा चुनाव प्रचारका दौरान उनीमाथि हमला भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार रेड्डीको पेटमा चोट लागेको छ । उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको छ । प्रहरीलाई उद्धृत गर्दै पीटीआईले रेड्डीले जिल्लाको दौलताबन्द मन्डलमा चुनाव प्रचार गरिरहेको बेला उनीमाथि चक्कु प्रहार भएको थियो । तेलंगानामा ३० नोभेम्बरमा विधानसभा चुनाव हुँदैछ ।

घटनापछिको भिडियोमा खुनको बहावलाई रोक्न रेड्डीले हातले पेटलाई दबाएर गाडीमा बसेर अस्पताल गइरहेको देखिएको छ । यता हमला गर्ने व्यक्तिलाई स्थानीयले कुटपीट गरेका छन् । सिद्दीपोटका प्रहरी कमिस्नर एन श्वेताले आक्रमणकारीलाई अहिले हिरासतमा राखिएको र अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’