२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपालका आचार्यलाई हराउँदै बंगलादेशी प्रधानमन्त्रीकी छोरी डब्लुएचओ क्षेत्रीय निर्देशकमा मनोनीत

२०८०, १५ कार्तिक बुधबार ०८:२५

कार्तिक १५, काठमाडौँ | बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी छन् । वाजेदले ८ मत पाउँदा नेपालले मात्र दुई मत प्राप्त गर्न सफल भयो ।


बंगलादेशको अटिजम र न्युरोडेभलप्मेन्ट डिसअर्डरको राष्ट्रिय सल्लाहकार रहेकी वाजेदले सन् २०२४ को फेब्रअुरी १ बाट पदभार सम्हाल्ने छिन् । उनको कार्यकाल ५ वर्षको हुनेछ भने उनले एकपटक पुनः नियुक्तिका लागि पनि योग्य हुनेछिन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसिसले सदस्य राष्ट्रहरूलाई गत अगस्त १८ मा उम्मेदवारहरूको नाम पठाएका थिए । बंगलादेश र नेपालबाहेक भारत, भुटान, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोरले मतदानमा भाग लिएका थिए ।

बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो छोरीलाई उम्मेदवार बनाएपछि यसपटक मतदानले राजनीतिक रूप लिएको थियो । मोदी र हसिनाको सम्बन्धले नेपालले भारतको मत नपाउने यसअघि नै करिब पक्कापक्की थियो । सो संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा .पुनम क्षेत्रपाल सिंह छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी