२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु

२०८०, १५ कार्तिक बुधबार ०८:३९

एजेन्सी | जिन हेरफेरपछि सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । मुटु प्रत्यारोपण गरेको ६ हप्तामा  ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो । तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो ।


हर्ट फेलियर भएपछि उनलाई सेप्टेम्बर १४ मा फसेट अस्पतालमा भर्ना गरिएको थियो ।  मुटुको पुरानो रोगका कारण उनमा परम्परागत रुपमा मानव मुटु हाल्न नमिल्ने भएको थियो । यस्तोमा उनीसामु जेनोट्रान्सप्लान्ट अर्थात् सुँगुरको मुटु हाल्नुको विकल्प थिएन । सुरुमा उनमा राम्रो प्रगति देखियो । एक महिनासम्मको प्रगति हेरेर मुटुको कार्य सञ्चालनलाई टेवा दिने औषधि पनि बन्द गरियो ।

तर पछि ‘अर्गन रिजेक्शन’ देखिन थाल्यो । अमेरिकामा मात्रै हरेक दिन अंग दाता नपाएर १७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । मानव अंगको विकल्प खोज्दै वैज्ञानिकहरूले सुँगुर लगायत जनावरहरूको जिनमा संशोधन गरेर यसलाई मानवमा प्रत्यारोपण गर्ने प्रयास गरिरहेका छन् । यस अघि सन् २०२२ को जनवरीमा ५७ वर्षका डेभिड बेन्नेटमा पनि सुँगुरको मुटु हालिएको थियो । सुरुमा केही समस्या नदेखिएपनि मुटु  प्रत्यारोपण गरेको २ महिनामा उनको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी