४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चिया, कफीले शरीर बलियो हुने: अध्ययन

१६ कार्तिक २०८०, बिहीबार १२:११

एजेन्सी | चिसो सुरु हुँदै छ, चिया वा कफीको मात्रा धेरै जनाले बढाउन थालिसक्नु भयो होला । तपाई दिनमा कति कप चिया वा कफी पिउनु हुन्छ ? हालै भएको एउटा अनुसन्धानले भने दिनहुँ एक कप चिया वा कफीको सेवनले बुढ्यौलीमा शरीरलाई बलियो राख्न सक्ने देखाएको छ ।


 मीड लाइफ अर्थात् ४० देखि ६० वर्षबिचको उमेरमा कसैले चिया वा कफी दिनहुँ खान्छ भने जीवनको अन्तिम वर्षहरूमा शरीर कमजोर हुने सम्भावना कम हुन्छ । यसको मुख्य कारण चाहिँ चिया–कफीमा हुने क्याफिन भएको बताइएको छ । दिनमा चार कप कफी पिउने मानिसहरूलाई सबै भन्दा धेरै फाइदा भएको पाइयो । कालो चिया वा ग्रिन टी पिउने मानिसहरूमा पनि यसको असर राम्रो भेटियो ।

रिसर्चले के भन्छ ?

नेशनल युनिभर्सिटी अफ सिंगापुरकोे टिमले ४५ देखि ७५ वर्ष उमेरका १२ हजार मानिसलाई २० वर्षसम्म फलो अप गरेको थियो । ‘सिंगापुरसहित विश्वका कयौँ क्षेत्रमा कफी र चिया मुख्य पेय पदार्थ हो । हाम्रो अनुसन्धानबाट के पत्ता लागेको छ भने अधबैँसे उमेरमा यसको सेवनले जीवनको आखिरी वर्षहरूमा शारीरिक कमजोरीको सम्भावना कम हुन सक्छ,’ अध्ययनमा सहभागी युनिभर्सिटीका योग लु लिन स्कुल अफ मेडिसिनमा हेल्दी लङ्गभिटी ट्रान्सलेशन रिसर्च प्रोग्रामका प्रोफेसर कोह वुन पुएले भने । 

तर यी निष्कर्षलाई पुष्टि गर्न र शारीरिक कमजोरीमा यी प्रभाव क्याफिन वा अन्य रासायनिक तत्त्वका कारण भएको हो भन्न जाँच्न थप अनुसन्धान हुनु पर्ने पुए बताउँछन् । यो सोधमा ५३ वर्ष औसत उमेर भएकाहरूसँगको कुराकानीमा क्याफिनयुक्त पेय कफी, चिया, चिसो पेय र चकलेट आदि चिज खानेपिउने बानीबारे सोधिएको थियो । ७३ वर्ष औसत उमेर भएकाहरूलाई भने तौल, ऊर्जाको स्तरबारे सोधपुछ गरिएको थियो । ती मानिसहरूमा ताकत पत्ता लगाउन हैंडग्रिप पावर र टाइम अप एन्ड गो परीक्षण गरिएको थियो ।

१२ हजारमध्ये ६८ दशमलव ५ प्रतिशत मानिस हरेक दिन कफी पिउँथे । यो समूहमा ५२ दशमलव ९ प्रतिशत मानिस दिनमा एक कप कफी  र ४२ दशमलव २ प्रतिशत मानिस दुई वा तीन कफी पिउँथे । बाँकी मानिस भने दैनिक चार वा सो भन्दा बढी कप समेत कफी खान्थे । चिया खानेहरूलाई पनि बानी अनुसार ४ श्रेणीमा विभाजित गरिएको थियो: कहिले नखाने, महिनामा कम्तीमा एक पटक खाने, हप्तामा एक पटक र दिनका दिन पिउने ।

अधबैँसे उमेरमा कफी, चिया वा ग्रिन टी पिउन थालेपछि ती मानिसको शारीरिक कमजोरीको सम्भावना निकै कम भएको पाइयो । दिनहुँ कफी नखानेको तुलनामा दिनमा चार कप वा सो भन्दा बढी चिया कफी पिउनेमा शारीरिक रूपमा कमजोर हुने सम्भावना निकै कम भेटियो । हरेक दिन कालो चिया वा ग्रिन टी खानेहरूमा पनि खाँदै नखानेको भन्दा शारीरिक कमजोरीको सम्भावना निकै कम थियो । यो अध्ययनको निष्कर्ष अमेरिकन मेडिकल डाइरेक्टर एशोसियशनको जर्नलमा प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’