२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चिया, कफीले शरीर बलियो हुने: अध्ययन

२०८०, १६ कार्तिक बिहीबार १२:११

एजेन्सी | चिसो सुरु हुँदै छ, चिया वा कफीको मात्रा धेरै जनाले बढाउन थालिसक्नु भयो होला । तपाई दिनमा कति कप चिया वा कफी पिउनु हुन्छ ? हालै भएको एउटा अनुसन्धानले भने दिनहुँ एक कप चिया वा कफीको सेवनले बुढ्यौलीमा शरीरलाई बलियो राख्न सक्ने देखाएको छ ।


 मीड लाइफ अर्थात् ४० देखि ६० वर्षबिचको उमेरमा कसैले चिया वा कफी दिनहुँ खान्छ भने जीवनको अन्तिम वर्षहरूमा शरीर कमजोर हुने सम्भावना कम हुन्छ । यसको मुख्य कारण चाहिँ चिया–कफीमा हुने क्याफिन भएको बताइएको छ । दिनमा चार कप कफी पिउने मानिसहरूलाई सबै भन्दा धेरै फाइदा भएको पाइयो । कालो चिया वा ग्रिन टी पिउने मानिसहरूमा पनि यसको असर राम्रो भेटियो ।

रिसर्चले के भन्छ ?

नेशनल युनिभर्सिटी अफ सिंगापुरकोे टिमले ४५ देखि ७५ वर्ष उमेरका १२ हजार मानिसलाई २० वर्षसम्म फलो अप गरेको थियो । ‘सिंगापुरसहित विश्वका कयौँ क्षेत्रमा कफी र चिया मुख्य पेय पदार्थ हो । हाम्रो अनुसन्धानबाट के पत्ता लागेको छ भने अधबैँसे उमेरमा यसको सेवनले जीवनको आखिरी वर्षहरूमा शारीरिक कमजोरीको सम्भावना कम हुन सक्छ,’ अध्ययनमा सहभागी युनिभर्सिटीका योग लु लिन स्कुल अफ मेडिसिनमा हेल्दी लङ्गभिटी ट्रान्सलेशन रिसर्च प्रोग्रामका प्रोफेसर कोह वुन पुएले भने । 

तर यी निष्कर्षलाई पुष्टि गर्न र शारीरिक कमजोरीमा यी प्रभाव क्याफिन वा अन्य रासायनिक तत्त्वका कारण भएको हो भन्न जाँच्न थप अनुसन्धान हुनु पर्ने पुए बताउँछन् । यो सोधमा ५३ वर्ष औसत उमेर भएकाहरूसँगको कुराकानीमा क्याफिनयुक्त पेय कफी, चिया, चिसो पेय र चकलेट आदि चिज खानेपिउने बानीबारे सोधिएको थियो । ७३ वर्ष औसत उमेर भएकाहरूलाई भने तौल, ऊर्जाको स्तरबारे सोधपुछ गरिएको थियो । ती मानिसहरूमा ताकत पत्ता लगाउन हैंडग्रिप पावर र टाइम अप एन्ड गो परीक्षण गरिएको थियो ।

१२ हजारमध्ये ६८ दशमलव ५ प्रतिशत मानिस हरेक दिन कफी पिउँथे । यो समूहमा ५२ दशमलव ९ प्रतिशत मानिस दिनमा एक कप कफी  र ४२ दशमलव २ प्रतिशत मानिस दुई वा तीन कफी पिउँथे । बाँकी मानिस भने दैनिक चार वा सो भन्दा बढी कप समेत कफी खान्थे । चिया खानेहरूलाई पनि बानी अनुसार ४ श्रेणीमा विभाजित गरिएको थियो: कहिले नखाने, महिनामा कम्तीमा एक पटक खाने, हप्तामा एक पटक र दिनका दिन पिउने ।

अधबैँसे उमेरमा कफी, चिया वा ग्रिन टी पिउन थालेपछि ती मानिसको शारीरिक कमजोरीको सम्भावना निकै कम भएको पाइयो । दिनहुँ कफी नखानेको तुलनामा दिनमा चार कप वा सो भन्दा बढी चिया कफी पिउनेमा शारीरिक रूपमा कमजोर हुने सम्भावना निकै कम भेटियो । हरेक दिन कालो चिया वा ग्रिन टी खानेहरूमा पनि खाँदै नखानेको भन्दा शारीरिक कमजोरीको सम्भावना निकै कम थियो । यो अध्ययनको निष्कर्ष अमेरिकन मेडिकल डाइरेक्टर एशोसियशनको जर्नलमा प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी