२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसलाई हतियार दिएकोमा अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना

२०८०, २३ कार्तिक बिहीबार ०८:०५

कार्तिक २३, काठमाडौँ । रुसलाई हतियार दिएकोमा अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना

आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गरेका छन्। 

अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रुसमा १० लाख तोप पठाएको सोलले बताएको छ ।


जापानमा जी– ७ का विदेशमन्त्रीहरूको बैठकपछि ब्लिंकेन अहिले सोलमा छन्। उनले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग सोलमा भेटवार्ता गरेका छन्। ‘उहाँहरूले युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रुसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकामा कडा निन्दा गर्नुभएको छ,’ राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिंकेनको भेटपछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘गाजामा सर्वसाधारणलाई मानवीय सहयोग प्रदान गर्ने दक्षिण कोरियाको प्रतिबद्धताका लागि ब्लिंकेनले राष्ट्रपति युनलाई धन्यवाद दिनुभएको छ।’

इजराइल–हमास युद्धमाथि कुराकानी गर्न मध्यपूर्वको शीघ्र भ्रमणपछि ब्लिंकेनले एसियाली मुलुकको भ्रमण गरेका हुन्। यसअघि बिहीबार ब्लिंकेनले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चो ताए–योङसँग भेटवार्ता गरेका थिए। अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनलाई सहयोग उपलब्ध गराउने दक्षिण कोरियाको प्रतिबद्धताप्रति उनले धन्यवाद व्यक्त गरे।

पहिलाको आणविक हतियार र मिसाइल कार्यक्रम एवं युक्रेनमाथि आक्रमणलाई लिएर ऐतिहासिक सहयोगी रुस र उत्तर कोरिया दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् । विशेषगरी सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किम जोङ उनको शिखर वार्तापछि दुई मुलुकबीचको बढ्दो सैन्य सहयोग युक्रेन र उसका सहयोगीहरूका लागि चिन्ताको विषय बनेको छ।

अन्तरिक्षमा सैन्य जासुसी उपग्रह स्थापना गर्न सकियोस् भन्ने उद्देश्यले रुसी अन्तरिक्ष प्रविधिको बदलामा प्योङयाङले रुसलाई हतियार उपलब्ध गराइरहेको दक्षिण कोरियाले बताएको छ। टोक्योमा ब्लिंकेनले भनेका थिए, ‘प्योङयाङबाट रुसले जुन हतियार र युद्ध सामग्री प्राप्त गरिरहेको छ, त्यसको बदलामा उसले प्योङयाङलाई के प्रदान गरिरहेको छ भन्ने कुराले हामी अत्यन्त चिन्तित छौँ।’

उत्तर कोरियाले रुसलाई हतियार पठाइरहेको छ भन्ने ‘कुनै प्रमाण’ नभएको क्रेमलिनले गत महिना बताएको थियो।

‘उत्तर कोरिया र रुसबीचको यो नयाँ सहयोगलाई ध्यानमा राख्दै दक्षिण कोरियाले अमेरिकी समर्थनको प्रदर्शन र संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूलाई कायमै राख्नका लागि अमेरिकी प्रतिबद्धतालाई एकपटक पुनः पुष्टि गर्न चाहन्छ,’ सोल नेसनल युनिभर्सिटीका प्राध्यापक बेन्जामिन ए एंगेलले एएफपीलाई भने, ‘यो भ्रमण यस्तै गर्नका लागि डिजाइन गरिएको हो।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी