२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रश्मिकाको डिपफेक भिडियो मामिलामा एफआईआर दर्ता, फेसबुकलाई पत्र

२०८०, २६ कार्तिक आईतवार ०७:०२

कार्तिक २६, काठमाडौँ | दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडियो मामिलामा दिल्ली प्रहरीले एउटा एफआईआर दर्ता गराएको छ । यो मामिलालाई स्पेसल सेल पुलिसले छानबिन गर्दै छ । यही विषयमा प्रहरीले फेसबुक र इन्ष्टाग्रामको मालिक कम्पनी मेटालाई सामाजिक सञ्जालमा अभिनेत्रीको डिपफेक भिडियो शेयर गर्ने एकाउन्टको यूआरएल (युनिफर्म रिर्सोस लोकेटर) माग्दै पत्र पनि पठाएको छ ।


दिल्ली प्रहरीले सामाजिक सञ्जालमा नक्कली भिडियो शेयर गर्ने मानिसहरूको पन जानकारी मागेको छ । रश्मिका मन्दनाको भिडियोमा छेडखाडी मामिलामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । नोभेम्बर ६ मा रश्मिका मन्दनाको डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो भिडियोमा रश्मिका जस्तै देखिने युवति लिफ्टभित्रै जाँदै गरेकी देखिन्छिन् । तर ती युवति रश्मिका नभएर जारा पटेल नाम गरेकी युवति थिइन् । एआईद्वारा युवतिको अनुहारमा रश्मिकाको अनुहार हालिएको थियो ।

डिपफेक भिडियो भाइरल भएपछि रश्मिकाले प्रविधिको दुरुपयोगले खतरा बढाएको अनि यो आफ्ना लागि मात्रै नभएर सबैका लागि निकै डरलाग्दो स्थिति भएको बताएकी थिइन् । भिडियो आएको भोलिपल्ट जारा पटेलले  पनि प्रतिक्रिया दिएकी थिइन् । यो भिडियोमा आफ्नो कुनै हात नभएको अनि यस घटनाले आफू पनि डिस्टर्ब भएको उनको भनाइ थियो । यस मामिलामा बलिउडका बिग बि अभिताभ बच्चनदेखि दक्षिण भारतका चर्चित हिरो नागा चैतन्यसम्म कयौँ कलाकार रश्मिकाका समर्थन आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी