३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लागु पदार्थ तस्करी अभियोगमा भियतनाममा १८ जनालाई मृत्युदण्डको सजाय

२६ कार्तिक २०८०, आईतवार ११:५०

कार्तिक २६, काठमाडौँ | भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ ।

सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो । अन्ठाउन्न वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ ।

हो चि मिन्ह सिटी पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो । उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैधरूपमा दुइ सय १६ किलोग्रामभन्दा बढी लागु पदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ ।

समाचारमा एक सय ६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागु पदार्थ’ बरामद गरिएको उल्लेख छ ।  वुका अनुसार लागु पदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सिटीसम्म गरिएको थियो । उक्त सहरमा केही घरेलु प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया लगिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’