३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा

३ मंसिर २०८०, आईतवार ०७:००

मङ्सिर ३, काठमाडौँ | भारत र अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा आज आइतबार भिड्दै छन् । सन् १९७५ बाट सुरु भएको आईसीसी विश्वकप क्रिकेटको १३ औँ संस्करणको फाइनल प्रतिस्पर्धामा भारत तेस्रो पल्ट विश्वकप जित्न चाहन्छ, त्यहीं अस्ट्रेलिया कीर्तिमान छैटौं पल्ट विश्वकप जित्न चाहन्छ ।

भारतीयहरु अवश्य पनि घरेलु मैदानमा आफ्नो देशले विश्वकप उचालेको हेर्न आतुर छन् । यो आतुरता उनीहरुले आआफ्नै तरिकाले पोखिरहेका छन् । अहिले सामाजिक सञ्जालमा चाहिँ तेलुगु नायिका रेखा बोजको एउटा घोषणा चर्चामा छ ।

रेखाले इन्टाग्राममार्फत एउटा ठूलो घोषणा गरेकी छन् । उनले लेखेकी छन्, ‘यदि भारतले विश्वकप जित्यो भने म भिसाखापट्नम ‘वीच’ मा निर्वस्त्र भएर दौडिनेछु ।’

उनको यो ट्विटमा प्रतिक्रियाको बाढी लागेको छ । अधिकांशले भने रेखाको आलोचना गरेका छन् । भाइरल हुन उनले यस्तो स्टन्ट गर्न खोजेको आरोप धेरैको छ ।


सन् २०११ को विश्वकपमा पनि चर्चित मोडल पुनम पाण्डेले यस्तै घोषणा गरेकी थिइन् । घरेलु मैदानमा हुने विश्वकप भारतले जितेमा आफू नांगो भएर टीमका खेलाडीहरुलाई भेट्न जाने उनको उद्घोष थियो । भारतले विश्वकप जित्यो पनि । तर, पुनमले आफ्नो वाचा पूरा गर्न सकिनन् । समाचारहरुमा आएअनुसार उनी नांगै खेलाडीहरुलाई भेट्ने तयारीमा पनि थिइन् । तर, क्रिकेट बोर्डले त्यसका लागि अनुमति नदिएपछि उनी निराश भइन् ।

अहिले रेखाले पनि आफ्नो वाचा पूरा गर्न सक्लिन् त भन्ने प्रश्न उठेको छ । कतिले चाहिँ उनले फन्डामात्रै गर्न खोजेकोले नांगिने सम्भावना नरहेको बताइरहेका छन् । उनले आफ्नो बोली पूरा गर्छिन् कि गर्दिनन् भन्ने चाहिँ आइतबारको फाइनलपछि मात्रै थाहा हुनेछ ।

पश्चिमी देशहरुमा कुनै ठूलो जीतको उत्सव मनाउँदा युवतीहरु नांगै दौडिने प्रचलन रहेको छ, जसलाई ‘स्ट्रिक’ भन्ने गरिन्छ । भारतमा भने यो निकै चुनौतीपूर्ण कार्य हो ।

रेखा बोज तेलुगु फिल्ममा आफ्नो बोल्डनेसका लागि चर्चित छिन् । उनले मंगलयम, कलाय तस्मै नमः जस्ता फिल्महरुमा अभिनय गरेकी छन् । उनी सामाजिक सञ्जालमा आफ्ना हट फोटोहरु शेयर गर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’