२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पोथी सार्क माछाले भालेसँगको संसर्गबिनै बच्चा पैदा गरेपछि…

२०८०, ३ मंसिर आईतवार ०९:५८

एजेन्सी | अमेरिकाको शिकागोस्थित इलिनोयमा रहेको ब्रुकफिल्ड चिडियाखानामा रहको एक पोथी सार्क माछाको बच्चा जन्मिएको छ ।

चिडियाखानामा रहेको एपुलेट सार्क माछाको वंश वृद्धि हुनु खुसीको कुरा हो । तर निकै आश्चर्यको कुरा त के भने उक्त पोथी सार्कले कुनै भालेसँग संसर्ग नगरीकनै बच्चा पैदा गरेको छ। सो पोथी सार्क पछिल्लो चार वर्षदेखि एक्लै रहेको छ र ऊसँग सम्बन्ध कायम गर्नका लागि त्यहाँ कुनै भाले सार्क छैन ।

चिडियाखानाका अनुसार त्यहाँ कुनै पनि पोथी जीवले भालेबिनै यसरी आफ्नो बच्चा पैदा गरेको यो दोस्रो घटना हो । यो प्रक्रियालाई भर्जिन बर्थ अर्थात् कुमारी जन्म भनिन्छ । त्यसक्रममा सार्क माछाले पाँच महिनासम्म गर्भधारण गरेर गत अगष्टमा बच्चालाई जन्म दिएको हो ।

चिडियाखानाका कर्मचारीहरुले सार्कको बच्चालाई दुई महिनासम्म सार्वजनिक प्रदर्शनमा राखेका थिएनन् र उसको स्वास्थ्य जाँच भैरहेको थियो । अन्ततः चिडियाखानाले ५.६ इन्च लामो उक्त बच्चा सार्कलाई सार्वजनिक प्रदर्शनमा राखेको छ ।


स्मरण रहोस् कतिपय जीवका प्रजातिहरुमा पोथीहरुले भालेको शुक्राणु बिनै गर्भधारण गरी बच्चा जन्माउँछन् जसलाई भर्जिन बर्थ भनिन्छ । वैज्ञानिक भाषामा यसलाई पार्थेनोजेनेसिस भनिन्छ ।

तर सार्क जस्ता ढाड भएका जीवका लागि कुमारी जन्म एक दुर्लभ घटना हो । वास्तवमा आफैंले एक्लै बच्चा पैदा गर्ने दुर्लभ क्षमता निकै कम जीवहरुमा हुन्छ । कतिपय चराहरु, सार्क, माउसुली तथा सर्प जस्ता जीवहरु जब वर्षौंदेखि एक्लै बस्नुपर्छ र भालेसँगै संसर्ग गर्न पाउँदैनन् तब ती पोथीहरुले भालेसँगको संसर्ग बिनै बच्चा जन्माउँछन् ।

तर स्तनधारी जीवहरुमा भने भर्जिन बर्थको क्षमता हुँदैन । किनकि यसका लागि विशेष खालको जिन आवश्यक हुन्छ जुन पुरुषको शुक्राणुसँग मेल खान्छ ।

ब्रुकफिल्ड चिडियाखानामा सन् २०१९ मा उक्त पोथी सार्कलाई ल्याइएको थियो । त्यहाँ उसलाई कुनै भालेसँग नराखी एक्लै राखिएको थियो । उसले आफ्नो यौनिक प्रौढता परिपक्वता हासिल गरेसँगै हरेक महिना दुईदेखि चारवटा सम्म अण्डा दिन सुरु गरेको थियो । गत अगष्टमा त्यसमध्ये एउटा अण्डा विकसित भयो र सबैलाई आश्चर्यमा पार्दै अण्डाबाट सार्कको बच्चा पैदा भयो । यो निकै दुर्लभ घटना हो किनकि भालेको शुक्रकिटबाट निषेचित भएको अण्डाबाट बच्चा जन्मिंदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ