३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पोथी सार्क माछाले भालेसँगको संसर्गबिनै बच्चा पैदा गरेपछि…

३ मंसिर २०८०, आईतवार ०९:५८

एजेन्सी | अमेरिकाको शिकागोस्थित इलिनोयमा रहेको ब्रुकफिल्ड चिडियाखानामा रहको एक पोथी सार्क माछाको बच्चा जन्मिएको छ ।

चिडियाखानामा रहेको एपुलेट सार्क माछाको वंश वृद्धि हुनु खुसीको कुरा हो । तर निकै आश्चर्यको कुरा त के भने उक्त पोथी सार्कले कुनै भालेसँग संसर्ग नगरीकनै बच्चा पैदा गरेको छ। सो पोथी सार्क पछिल्लो चार वर्षदेखि एक्लै रहेको छ र ऊसँग सम्बन्ध कायम गर्नका लागि त्यहाँ कुनै भाले सार्क छैन ।

चिडियाखानाका अनुसार त्यहाँ कुनै पनि पोथी जीवले भालेबिनै यसरी आफ्नो बच्चा पैदा गरेको यो दोस्रो घटना हो । यो प्रक्रियालाई भर्जिन बर्थ अर्थात् कुमारी जन्म भनिन्छ । त्यसक्रममा सार्क माछाले पाँच महिनासम्म गर्भधारण गरेर गत अगष्टमा बच्चालाई जन्म दिएको हो ।

चिडियाखानाका कर्मचारीहरुले सार्कको बच्चालाई दुई महिनासम्म सार्वजनिक प्रदर्शनमा राखेका थिएनन् र उसको स्वास्थ्य जाँच भैरहेको थियो । अन्ततः चिडियाखानाले ५.६ इन्च लामो उक्त बच्चा सार्कलाई सार्वजनिक प्रदर्शनमा राखेको छ ।


स्मरण रहोस् कतिपय जीवका प्रजातिहरुमा पोथीहरुले भालेको शुक्राणु बिनै गर्भधारण गरी बच्चा जन्माउँछन् जसलाई भर्जिन बर्थ भनिन्छ । वैज्ञानिक भाषामा यसलाई पार्थेनोजेनेसिस भनिन्छ ।

तर सार्क जस्ता ढाड भएका जीवका लागि कुमारी जन्म एक दुर्लभ घटना हो । वास्तवमा आफैंले एक्लै बच्चा पैदा गर्ने दुर्लभ क्षमता निकै कम जीवहरुमा हुन्छ । कतिपय चराहरु, सार्क, माउसुली तथा सर्प जस्ता जीवहरु जब वर्षौंदेखि एक्लै बस्नुपर्छ र भालेसँगै संसर्ग गर्न पाउँदैनन् तब ती पोथीहरुले भालेसँगको संसर्ग बिनै बच्चा जन्माउँछन् ।

तर स्तनधारी जीवहरुमा भने भर्जिन बर्थको क्षमता हुँदैन । किनकि यसका लागि विशेष खालको जिन आवश्यक हुन्छ जुन पुरुषको शुक्राणुसँग मेल खान्छ ।

ब्रुकफिल्ड चिडियाखानामा सन् २०१९ मा उक्त पोथी सार्कलाई ल्याइएको थियो । त्यहाँ उसलाई कुनै भालेसँग नराखी एक्लै राखिएको थियो । उसले आफ्नो यौनिक प्रौढता परिपक्वता हासिल गरेसँगै हरेक महिना दुईदेखि चारवटा सम्म अण्डा दिन सुरु गरेको थियो । गत अगष्टमा त्यसमध्ये एउटा अण्डा विकसित भयो र सबैलाई आश्चर्यमा पार्दै अण्डाबाट सार्कको बच्चा पैदा भयो । यो निकै दुर्लभ घटना हो किनकि भालेको शुक्रकिटबाट निषेचित भएको अण्डाबाट बच्चा जन्मिंदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’