२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

२०८०, ४ मंसिर सोमबार ०७:३२

मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो ।

इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने चिन्ताबीच गएको चार हप्तायता तेलको भाउ ओरालो लागेको थियो । सोमबारको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ७ प्रतिशतले घटेर प्रतिब्यारेल ८१ डलर १८ सेन्टमा आएको थियो ।

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार मध्यान्ह १२ः १० बजेदेखि ब्रेन्टको भाउ प्रतिब्यारेल शून्य दशमलव ९२ प्रतिशतले बढेर ८१ डलर २९ सेन्टमा उक्लिएको छ । सोही समयमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि शून्य दशमलव ९१ प्रतिशतले बढेर ब्यारेलकै ७६ डलर ७४ सेन्टमा पुगेको थियो ।

ओपेक प्लसले नोभेम्बर २६ मा बस्ने आफ्नो बैठकमा तेलको उत्पादनमा अतिरिक्त कटौती गर्ने कि नगर्ने  भन्नेबारे विचार गर्न लागेको समूह सम्बद्ध स्रोतले बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।  शुक्रबारको कारोबारमा दुबै बेञ्चामार्कको भाउ ४ प्रतिशतभन्दा धेरैले बढेको थियो ।

सेप्टेम्बर अन्तिमयता ब्रेन्ट र डब्ल्यूटीआई दुबैको भाउ झन्डै २० प्रतिशतले घटेको छ । रुसले भारतमा सोकोल क्रुड पठाएको तीन ओटा जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि रुसको कच्चा तेल आपूर्ति अवरुद्ध हुने हो कि भनेर लगानीकर्ताहरुले हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी