३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डिसेम्बर १ देखि भारत र चीनका नागरिक भिसाबिनै मलेसिया छिर्न र ३० दिनसम्म बस्न पाउने

११ मंसिर २०८०, सोमबार ०७:१७

एजेन्सी  | मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ। 

यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको छ। 


समाचार एजेन्सी रोयटर्सका अनुसार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आइतबार राति पिपुल्स जस्टिस पार्टी कंग्रेसलाई दिएको सम्बोधनमा उक्त घोषणा गरेका हुन्। तर, यो नियम कहिलेसम्म लागू हुन्छ, उनले खुलाएनन्।

सरकारी तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुनसम्म मलेसियामा ९० लाख १६ हजार पर्यटक आएका थिए, जसमध्ये झण्डै ४ लाख ९८ हजार चीन र २ लाख ८४ हजार भारत नागरिक थिए। 

तर, महामारीअघि २०१९ को सोही अवधिमा चीनबाट १५ लाख र भारतबाट ३ लाख ५४ हजार मानिस मलेसिया गएका थिए।

अब मलेसियाले पर्यटकको संख्या बढाउन यो निर्णय गरेको हो। सोही वर्ष थाइल्यान्डले पनि पर्यटन प्रवर्द्धनका लागि भारत र चीनका नागरिकलाई भिसा फ्रि इन्ट्री सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’