३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बेलायतमा मान्छेमा पहिलो पटक भेटियो स्वाइन फ्लु

१२ मंसिर २०८०, मंगलवार ०७:१६

मङ्सिर १२, काठमाडौँ | बेलायतका स्वास्थ्य अधिकारीहरू यति बेला मान्छेमा सुँगुरमा देखिने भाइरस स्वाइन फ्लु कसरी सर्‍यो भनेर पत्ता लगाउन दौडधुप गरिरहेका छन् । एक व्यक्तिमा सुँगरमा पाइने स्वाइन फ्लुको नयाँ प्रकार भेटिएको सोमबार त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले बताएको थियो । बेलायतमा कुनै मान्छेमा यसको सङ्क्रमण भेटिएको यही नै पहिलो घटना हो । सन् २००५ यता विश्वभर दर्जनौँ मान्छेलाई स्वाइन फ्लु भइसकेको छ । तर पछिल्लो समय बेलायतमा देखिएको स्वाइन फ्लुको जिन पुराना स्ट्रेनसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताएका छन् ।


सास फेर्न समस्या भएपछि ती बिरामी अस्पताल जँचाउन आएका थिए । परीक्षणका क्रममा उनमा स्वाइन फ्लुको एच१एन२ स्ट्रेन भेटियो । यो भाइरसले सुँगरलाई मात्रै सङ्क्रमित बनाउने भए पनि मान्छेमा यो स्ट्रेन कसरी सर्‍यो भन्ने अज्ञात छ । अहिले ती बिरामी पूरै निको भइसकेको बताइएको छ । सङ्क्रमण कसरी सर्‍यो भन्नेबारे खोजिबिन भइरहेको छ । बिरामीको निकट सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने र सङ्क्रमण फैलिन नदिन पनि काम भइरहेको बताइएको छ । जनावरमा पाइने केही रोग मान्छेलाई पनि लाग्न सक्छ । एच१एन१, एच१एन२ र एच३एन२ सुँगुरमा भेटिने केही प्रमुख भाइरस हुन् । यी स्ट्रेनबाट मानिस पनि सङ्क्रमित हुन सक्छन् ।

के हो स्वाइन फ्लु ?

स्वाइन फ्लु श्वास प्रश्वासमा लाग्ने सङ्क्रामक रोग हो । यो रोग सामान्यतः सुँगुरमा पाइन्छ । यो सुँगुरमा इन्फ्लुएन्जा एको भाइरसको एच१एन१ प्रकारका कारण हुन्छ । सुँगुरमा पाइने फ्लुका एच१एन२, एच३एन१ र एच३एन२ प्रकार पनि छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’