३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वैकल्पिक इन्धनबाट सञ्चालित विमानद्वारा पहिलो पटक लन्डनबाट न्यूयोर्क उडान

१२ मंसिर २०८०, मंगलवार १२:००

एजेन्सी | वैकल्पिक इन्धनबाट सञ्चालित एउटा ठुलो यात्रुवाहक विमानले आज पहिलो पटक लन्डनबाट उडान भर्दैछ । भर्जिन एटलान्टिकद्वारा सञ्चालित यो विमान लन्डनको हिथ्रो विमानस्थलबाट न्यूयोर्कको जेएफके एअरपोर्टका लागि स्थानीय समयअनुसार ११:३० बजे उड्ने तय भएको छ । उक्त  विमानको लागि सरकारको समेत सहयोग उपलब्ध छ । लामो परीक्षण र विश्लेषणपछि बेलायतको नियामक निकाय  सिभिल एभिएसन अथोरिटीले यसै महिना अनुमोदन गरेपछि उक्त विमानले उडानको लागि अनुमति पाएको हो । यसमा इन्जिन निर्माता कम्पनी रोल्स रोयस र इनर्जी कम्पनी बीपीलगायतका कम्पनीको सहकारी रहेको छ ।


घरेलु फोहोर र खाना पकाउने तेलसहितका विभिन्न स्रोतबाट निर्माण गरिएको वैकल्पिक इन्धनले झन्डै ७० प्रतिशतसम्म कार्बन उत्सर्जन कम गर्ने बताइएको छ ।

यस उडानका लागि बोइङ ७८७ मा ५० टन दिगो उड्डयन इन्धन  (एसएएफ)  भरिनेछ । उड्डयन इन्धन  (एसएएफ) निर्माणको लागि ८८ प्रतिशत फोहोर तैलीय पदार्थ र बाँकी अमेरिकामा उत्पादित मकैबाट निस्किएको फोहोरको प्रयोग गरिनेछ ।

पहिलो पटक वैकल्पिक इन्धनबाट सञ्चालन गरिएको यस उडानले जीवाश्मबाट प्राप्त हुने इन्धनलाई प्रतिस्थापन गर्ने प्रबल सम्भावना रहेको  भर्जिन एटलान्टिकका प्रमुख कार्यकारी शाई वेइसले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’