३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कामदारले सुरुङमा कसरी बिताए १७ दिन ?

१३ मंसिर २०८०, बुधबार ०७:१६

एजेन्सी  | भारतको उत्तरकाशीको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना मजदुर सबै सकुशल र स्वस्थ भएको समाचारमा जनाइएको छ ।

उनीहरूलाई चिन्यालीसौरको सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सक तथा विज्ञको निगरानीमा राखिएको थियो । सोही स्वास्थ्य केन्द्रमा उनीहरूले आराम गरेका थिए ।

१७ दिनपछि सुरुङबाट निकालिएका कामदारलाई राति अबेर र बिहान सामान्य खाना खुवाइएको थियो । उनीहरूको मानसिक स्वास्थ्यका लागि काउन्सिलिङ भइरहेको छ ।

उत्तरकाशीका सीएमओ आरसीएस पवारले बुधबार बिहान सबै कामदार स्वस्थ रहेको बताएका छन् । उनीहरूलाई दिउँसो एम्स ऋषिकेश लगिने छ ।


सुरुङबाट बाहिर आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नवयुवा इन्जिनियर कम्पनी लिमिटेडका शाबा अहमदसँग कुरा गरेका थिए । यस क्रममा प्रधानमन्त्रीले १७ दिन धेरै लामो भएको बताएका थिए ।

प्रधानमन्त्री मोदीले सुरुङभित्र कामदारहरूले ठूलो हिम्मत देखाएको बताएका थिए । एकअर्काको साहस र धैर्यता कायम राखेको बताउँदै उनले निरन्तर जानकारी लिइरहेको बताए ।

यस क्रममा शाबाले आफूहरू कमजोर हुँदै छौं भन्ने महसुस नभएको बताए । ‘कहिल्यै नर्भस महसुस गरेनौँ, सबै मजदुरहरू फरक-फरक राज्यका थिए, तर हामी दाजुभाइजस्तै बस्यौँ, खाना आउँदा सबै मिलेर खान्थ्यौँ,’ उनले भने ।

यस क्रममा प्रधानमन्त्री मोदीले मैले सुनेको छु कि तपाईं पनि सुरुङमा योग गर्नु हुन्थ्यो ?

प्रधानमन्त्रीको प्रश्नमा शाबाले आफूहरू बिहान योगा गर्ने, खानु र पिउनुबाहेक केही गर्नु नपरेको बताए । उनीले आफूहरू स्वास्थ्य रहन बिहान पैदल यात्रा र योग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’