एजेन्सी | उडानका क्रममा श्रीमान्–श्रीमतीबिच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार नयाँ दिल्ली डाइभर्ट गर्नुपरेको छ । दिल्लीमा अवतरण गरेपछि श्रीमान् श्रीमत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  एजेन्सी | उडानका क्रममा श्रीमान्–श्रीमतीबिच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार नयाँ दिल्ली डाइभर्ट गर्नुपरेको छ । दिल्लीमा अवतरण गरेपछि श्रीमान् श्रीमत"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उडानकै क्रममा श्रीमान्-श्रीमतीबिच झगडा भएपछि बैंकक जाँदै गरेको विमान दिल्ली डाइभर्ट

२०८०, १३ मंसिर बुधबार ०८:३४

 एजेन्सी | उडानका क्रममा श्रीमान्–श्रीमतीबिच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार नयाँ दिल्ली डाइभर्ट गर्नुपरेको छ । दिल्लीमा अवतरण गरेपछि श्रीमान् श्रीमतीलाई फ्लाइटबाट हटाइएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको हो । यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०.३० बजे भएको थियो ।


विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए । समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ ।

उडानकै क्रममा दुवैबिच झगडा सुरु भएपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरेका थिए । पाइलटहरूले एटीसीलाई 'विमानको स्थिति र अनियन्त्रित यात्रु' बारे जानकारी दिए।

एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराउँदै उनको हस्तक्षेप माग गरेकी थिइन्। श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी