२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

२०८०, १५ मंसिर शुक्रबार ०९:४३

मङ्सिर १५, काठमाडौँ | यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ।

सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्। उनी पाको उमेरमा बच्चा जन्माउने महिलाहरूको सूचीमा परेकी छन्। स्थानीय सञ्चारमाध्यमलसँग कुरा गर्दै उनले "चमत्कार” भएको बताइन्।


उनलाई बधाई दिँदै अस्पतालले “यो चिकित्सकीय सफलताभन्दा पनि मानवीय भावना र चुनौती थेग्न सक्ने शक्तिको कुरा हो” भनेको छ।

“हामीले असाधारण उपलब्धि हासिल गरेका छौँ – अफ्रिकाकी ७० वर्षीया महिला जुम्ल्याहा बच्चाकी आमा बनेकी छन्,” विमिन्स् हस्पिटल इन्टरन्याश्नल एन्ड फर्टिलिटी सेन्टरले आफ्नो फेसबुक पेजमा लेखेको छ।

अस्पतालका अनुसार बुधवार मध्याह्न ती बच्चा जन्मिएका थिए। अस्पतालले “आमा र बच्चाहरू स्वस्थ रहेको” जनाएको छ।

नामुक्वायाले यूगान्डा डेली मोनिटर पत्रिकालाई गर्भमा जुम्ल्याहा बच्चा रहेको थाहा पाएपछि उनका पार्टनरले आफूलाई छोडेर गएको र गर्भावस्था निकै कठिन बनेको बताएकी छन्।

“पुरुषहरू महिलाले एकभन्दा बढी बच्चा गर्भमा रहेको कुरा मन पराउँदैनन्। म यहाँ भर्ना भएदेखि नै मेरा पार्टनर मलाई हेर्न एक पटक पनि आएका छैनन्,” उनले भनिन्।

बुढेसकालमा किन जन्माइन् बच्चा

नामुक्वायाले तीन वर्षमा दोस्रो पटक बच्चा जन्माएकी हुन्। सन् २००० मा उनले एक छोरी जन्माएकी थिइन्।

पहिला सन्तान नजन्माएकी भनेर आफूले होचोअर्घेलो खेप्नुपरेकाले आफूले फेरि बच्चा जन्माउने इच्छा गरेको उनले बताइन्।

“म अरू मानिसका बच्चा हुर्काउँथेँ, बच्चा हुर्किँदै जान्थे र म एक्लै पर्थेँ। म आफू बूढी भएपछि कसले मेरो रेखदेख गर्ला भन्ने चिन्तामा थिएँ,” उनलाई उद्धृत गर्दै भनिएको छ।

उनले आफ्नै डिम्ब सुरक्षित राखेर त्यही प्रयोग गरेकी हुन् वा दाताबाट प्राप्त डिम्ब प्रयोग गरेकी हुन् भन्ने स्पष्ट छैन। महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा रजोनिवृत्तिमा जान्छन्। त्यो अवधिमा उनीहरूको प्रजनन शक्ति घट्दै जान्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी