३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमासको कब्जामा रहँदाको अनुभव: बेस्सरी भकुर्दै खान दिने, कीरा र जुम्राले टोकेर झिमिक्क गर्न नपाईने

१६ मंसिर २०८०, शनिबार १६:५७

मङ्सिर १६, काठमाडौं । अक्टोबर ७ मा प्यालेस्टाइनी समूह हमासले बमबारी सुरु गर्दै इजरायलमा हमला सुरु गर्यो । हमासले २० मिनेटको समयमा एकैसाथ ५ सय भन्दा बढी बम खसाल्दा इजरायल भग्नावशेषमा परिणत भयो । हमासको आतंककारी हमलमा परि हजारौं जनाको मत्यु हुनुका हजारौं घाइते र केही वेपत्ता भए । 

इजरायलमा हमासले आक्रमणसँगै शिशुदेखि वृद्ध मानिसहरूलाई बन्धक बनाइएको थियो । 


अहिले हमासले झण्डै एक सय जनालाई बन्धकमुक्त गरेको छ । तर, धेरै बेपत्ता छन् ।  प्यालेस्टाइनाी लडाकु संगठन र गाजाका अन्य समूहहरूले युद्धरत रूपमा कब्जा गरेको अनुमान गरिएको छ । 

हमासले आफ्नो कब्जाबाट रिहा गरेका केही नागरिकले बन्धनमा रहेको बखतका अनुभव साटेका छन् । 

बन्धक रहेका मानिसहरु अँध्यारोमा चुपचाप बस्न बाध्य छन् । थोरै रासन मात्र खुवाइने उनीहरुले बताएका छन् । यसका साथै किरा र जुम्राको हैरानी समेत खेप्नु परेको छ । 

यस्तो छ हमासमले बन्धक बनाएकाहरुको अवस्था 

हमासले गाजा क्षेत्रमा बन्धक बनाएकाहरुलाई रेडक्रस र अन्य मानवीय समूहहरूसँग भेट्न अनुमति दिइएको छैन । परिणामस्वरुप बन्धकका  आफन्तहरूले गाजामा रहेका आफ्ना प्रियजनहरूलाई के भइरहेको भन्ने थाहा पाउन सकिरहेका छैनन् । 

इजरायल र हमासबीचको सम्झौता अनुसार रिहा भएका अधिकांश महिला, बालबालिका र विदेशी कामदार रहेका छन् । बन्धकहरू विभिन्न स्थानहरूमा र विभिन्न समूहहरूको कब्जामा रहेको आशंका गरिएको छ । 

सबै बन्धकहरूलाई एकै किसिमले व्यवहार नगरिएको बताइएको छ। यद्धपी रिहा भएका हरेक नागरिकले आ–आफ्नै भोगाई बोल्दै आएका छन् । 

अस्थायी युद्धविराम सम्झौताले हालसम्म ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनोसहित १०५ नागरिकलाई हमासको बन्दीबाट मुक्त गरेको छ । इजरायलले गाजामा करिब १३७ बन्धकहरू अझै बाँकी रहेको विश्वास गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’