२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हिमपातका कारण जर्मनीमा ७ सयभन्दा बढी उडानहरू रद्द, बस र रेल सेवासमेत बन्द

२०८०, १७ मंसिर आईतवार १०:३६

एजेन्सी | भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन्। हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएका छन्।

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ।

रेल यातायात सोमबारसम्म गम्भीर रूपमा प्रभावित हुने पनि कम्पनीले जनाएको छ। यसबाट ठूलो सङ्ख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको जर्मनीमा आधारित अखबार सुदेट्च जेतुङलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरिएको छ।


प्रकाशनसँग कुरा गर्दै एकजना यात्रुले भने, “म एक बजेदेखि यही ठाउँमा बसेको छु।“ अर्का यात्रुले सीएनएनसँग आफूहरू त्यहाँबाट बाहिर निस्कन पाउँछौं कि पाउछदैनौं भन्ने जिज्ञासा राखेका छन्। 

शनिबार, प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ। यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ।

यसैबीच, बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि "सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण" स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

शनिबार, म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सीएनएनले बाभेरियन सार्वजनिक प्रसारक बेइरिस्चर रुन्डफङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो। यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो। 

बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ। बाक्लो हिमपातसँगै यहाँको उडान र गुडान दुवै यातायात प्रत्यक्ष रूपमा प्रभावित हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ