३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब सैलुनमा तालुखुइले र दाह्री नभएका मानिसहरुको भिड लाग्यो…

२५ मंसिर २०८०, सोमबार ०८:११

एजेन्सी | दुनियाँमा आपराधिक कार्यहरुको आडमा धेरै खालका गोरखधन्दा चलिरहेका हुन्छन् । कहीँ मसाज पार्लरको नामका यौनधन्दा चलिरहेको हुन्छ भने कहीँ सामान्य पसलहरुमा समेत प्रतिबन्धित सामानहरु बिक्री गरिन्छ । हालै इटालीको एक सहरमा एउटा यस्तै ठूलो गिरोह पक्राउ परेको छ ।

मान्छेहरु आफ्नो कपाल तथा दाह्री कटाउन तथा रङ लगाउनका लागि नाईकोमा जान्छन् । तर एउटा ठूलो मिसनमा जुटेको काराबेनियरी (इटालियन पुलिस) को एक टिमले जब एउटा अनौठो खालको नाई दुकान अर्थात् बार्बर सपमाथि निगरानी सुरु गर्यो तब सुरुमा त ऊ नै अलमलमा पर्यो ।

उक्त नाई पसलमा ठूलो संख्यामा यस्ता मानिसहरु गइरहेका हुन्थे जसको न त टाउकोमा कपाल थियो न त अनुहारमा दाह्री नै । जब कपाल कटाउनु नै छैन र दाह्री मिलाउनु पनि छैन भने मानिसहरु किन नाईकोमा छिरिरहेका छन् त ? भन्ने प्रश्न उब्जियो । त्यसमा पुलिसले शंका गरेपछि सो नाई पसलमाथि छानबिन सुरु भयो ।

अनुसन्धानका क्रममा उक्त सैलुनमा दाह्री कपाल कटाउन नभई मानिसहरु लागुऔषध किन्नका लागि जाने गरेको खुलासा भयो । सैलुन सञ्चालक लागुऔषध कारोबारी रहेछन् । ५५ वर्षीय ती नाईको घरमा छापा मार्दा गाँजा लगायतका लागुऔषध बरामद भयो भने नाई पसलमा कोकिन लगायतका लागुऔषध भेटिए ।

नाई पसलको आवरणमा लागुऔषधको कारोकार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’