२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब सैलुनमा तालुखुइले र दाह्री नभएका मानिसहरुको भिड लाग्यो…

२०८०, २५ मंसिर सोमबार ०८:११

एजेन्सी | दुनियाँमा आपराधिक कार्यहरुको आडमा धेरै खालका गोरखधन्दा चलिरहेका हुन्छन् । कहीँ मसाज पार्लरको नामका यौनधन्दा चलिरहेको हुन्छ भने कहीँ सामान्य पसलहरुमा समेत प्रतिबन्धित सामानहरु बिक्री गरिन्छ । हालै इटालीको एक सहरमा एउटा यस्तै ठूलो गिरोह पक्राउ परेको छ ।

मान्छेहरु आफ्नो कपाल तथा दाह्री कटाउन तथा रङ लगाउनका लागि नाईकोमा जान्छन् । तर एउटा ठूलो मिसनमा जुटेको काराबेनियरी (इटालियन पुलिस) को एक टिमले जब एउटा अनौठो खालको नाई दुकान अर्थात् बार्बर सपमाथि निगरानी सुरु गर्यो तब सुरुमा त ऊ नै अलमलमा पर्यो ।

उक्त नाई पसलमा ठूलो संख्यामा यस्ता मानिसहरु गइरहेका हुन्थे जसको न त टाउकोमा कपाल थियो न त अनुहारमा दाह्री नै । जब कपाल कटाउनु नै छैन र दाह्री मिलाउनु पनि छैन भने मानिसहरु किन नाईकोमा छिरिरहेका छन् त ? भन्ने प्रश्न उब्जियो । त्यसमा पुलिसले शंका गरेपछि सो नाई पसलमाथि छानबिन सुरु भयो ।

अनुसन्धानका क्रममा उक्त सैलुनमा दाह्री कपाल कटाउन नभई मानिसहरु लागुऔषध किन्नका लागि जाने गरेको खुलासा भयो । सैलुन सञ्चालक लागुऔषध कारोबारी रहेछन् । ५५ वर्षीय ती नाईको घरमा छापा मार्दा गाँजा लगायतका लागुऔषध बरामद भयो भने नाई पसलमा कोकिन लगायतका लागुऔषध भेटिए ।

नाई पसलको आवरणमा लागुऔषधको कारोकार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी