३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अस्ट्रेलियाली क्रिकेटमा विचित्रको घटना !

२५ मंसिर २०८०, सोमबार ०८:२७

एजेन्सी | अस्ट्रेलियाको घरेलु क्रिकेटका क्रममा एउटा विचित्रको घटना भएको छ । अस्ट्रेलियाको तेस्रो श्रेणीको एसीटी क्रिकेट प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । खेलका क्रममा बलरले फालेको बलले लागेर ‘मिडल स्टम्प’ (बिचको स्टम्प) ढले पनि अम्पायरले ब्याट्सम्यानलाई आउट दिएनन् । 

खासमा बलरले फालेको बलले लागेर ‘मिडल स्टम्प’ त ढल्यो तर, स्टम्पमाथि राखिएको ‘बेल्स’ भने जस्ताको त्यस्तै रह्यो । स्टम्प ढलेपछि बलरले आउटको ‘अपिल’ गरे । अम्पायर पनि केही समय अलमलमा परे । तर, उनले ब्याट्सम्यानलाई आउट भने दिएनन् ।


‘स्टम्प’ ढल्दा पनि फिल्डमा रहेका अम्पायरले ब्याट्सम्यानलाई आउट नदिएपछि मैदानमा बिवाद पनि भयो । त्यसपछि क्रिकेटको निमयमाथि बहस सुरु भयो । मैदानमा रहेका अम्पायरले क्रिकेटको नियमकै आधारमा आफूले ‘स्टम्प’ ढले पनि ब्याट्सम्यानलाई आउट घोषणा नगरेको दाबी गरे ।

उक्त घटना आइतबार जिनिनदेरा क्रिकेट क्लब र वेस्ट डिस्ट्रिक्टबिचको खेलका क्रममा भएको थियो । जिनिनदेरा क्रिकेट क्लबका बलर एन्डी रेनोल्ड्सले फालेको बलले लागेर ‘मिडल स्टम्प’ ढलेको थियो । त्यतिबेला वेस्ट डिस्ट्रिक्टका ओपनर ब्याट्सम्यान म्याथ्यू बोसुत्सो ब्याटिङ गरिरहेका थिए ।

‘स्टम्प’ ढलेपछि ब्याट्सम्यान पेभेलियनतर्फ लागिसकेका थिए । तर, अम्पायरले आउटको संकेत नगरेपछि उनी पनि अन्यौलमा परेका थिए । पछि ‘स्टम्प’ माथि राखिएको ‘बेल्स’ आफ्नो स्थानमा यथावत रहेकाले अम्पायरले आफूलाई आउट घोषणा नगरेको थाहा पाएपछि उनी पुनः क्रिज समाल्न फर्किएका थिए । 

क्रिकेटको नियमले पनि स्टम्पमाथि राखिएको कम्तिमा एउटा बेल नखसेसम्म ब्याट्सम्यानलाई आउट भएको मान्दैन । ‘मैले आफ्नो खेलजीवनमा यसअघि यस्तो घटना कहिल्यै देखेको थिइन,’ वेस्ट डिस्ट्रिक्टका कप्तान साम विटम्यानले भनेका छन्, ‘मैलेमात्र होइन मैदानमा उपस्थित हामी कसैले पनि यस्तो घटना देखेका थिएनौं ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’