२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रोनाल्डोका कारण जापानको राजनीतिमा तरङ्ग

२०८०, २६ मंसिर मंगलवार ०६:३८

मङ्सिर २६, काठमाडौँ | पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरेबियाको अल नासर क्लबबाट व्यावसायिक फुटबल खेल्छन् । ३८ वर्षीय फुटबल स्टार रोनाल्डोको प्रवेशले पछिल्लो समय साउदी अरेबियाको व्यावसायिक लिगलाई पनि एकाएक चर्चाको शिखरमा पुर्‍याएको छ ।

तर, रोनाल्डोकै एक खेलका कारण यतिबेला जापानको राजनीति समेत तरङ्गित हुन पुगेको छ । गत जुलाईमा जापानको ओसाकास्थित नगाई रंगशालामा अल नासर र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बिच मैत्रीपूर्ण खेल खेलिएको थियो ।


अल नासरको टोलीमा रोनाल्डो पनि सहभागी थिए । उता, नागासाकीका गभर्नर केन्गो ओइसीको मन पर्ने खेलाडी पनि रोनाल्डो नै रहेछन् । त्यसैले पनि उनी रोनाल्डोको खेल हेर्न त्यतिबेला नागासाकीबाट ओसाका पुगेका रहेछन् ।

अहिले आएर नागासाकीका गभर्नरको त्यही ओसाका भ्रमण नै विवादमा परेको हो । उनले रोनाल्डोको खेल हेर्न आफू व्यक्तिगत खर्चमा नागासाकीबाट ओसाका पुगेको बताएका थिए । उनले उक्त मैत्रीपूर्ण खेलको टिकट पनि आफ्नै व्यक्तिगत पैसाले किनेको दाबी गरेका थिए ।

त्यतिबेला पनि नागासाकीका गभर्नरको ओसाको भ्रमणको खर्चको विषयले ठुलै चर्चा पाएको थियो । तर, अहिले आएर गभर्नर केन्गो ओइसीले त्यतिबेला रोनाल्डोको खेल हेर्न सरकारी रकमको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

उनले खेलको टिकट आफ्नो पैसाले खरिद गरे पनि नागासाकीदेखि ओसाकासम्मको भ्रमण गर्दा अन्य सबै खर्च सरकारी कोषबाट गरेको समाचार बाहिरिएको छ । यस्तो समाचार बाहिरिएपछि विपक्षी दलका नेताहरूले गभर्नर केन्गो ओइसीको चर्को आलोचना गरिरहेका छन् ।

नागासाकीदेखि ओसाकासम्मको दुरी सडक मार्गमार्फत सात सय ३२.१ किलोमिटर पर्छ । आफ्नो विरोध भएपछि त्यतिबेला गभर्नर केन्गो ओइसीले आफू रोनाल्डोसँग छलफल गर्न ओसाका गएको बताएका थिए । त्यो भेटले भविष्यमा देशको खेलकुद क्षेत्रलाई फाइदा पुग्ने दाबी पनि उनले गरेका थिए ।

तर, उनका विरोधीहरूले त्यतिबेला गभर्नर केन्गो ओइसीले रोनाल्डोसँग कुनै छलफल नगरेको दाबी गरिरहेका छन् । विवाद चर्कँदै गएपछि अहिले आएर गभर्नर केन्गो ओइसीको राजीनामा पनि माग्न थालिएको छ ।

त्यतिबेला अल नासर र पीएसजीबिचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । उक्त खेलमा पीएसजीबाट ब्राजिलियन स्टार नेयमार पनि सहभागी भएका थिए । त्यो खेलपछि ३१ वर्षीय नेयमार पीएसजी छाडेर साउदी अरेबियाको क्लब अल हिलालमा आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी