३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तेलको भाउ आधा घट्ने संकेत

२६ मंसिर २०८०, मंगलवार १०:३७

मङ्सिर २६, काठमाडौँ | विश्व बजारमा कच्चा तेलको भाउ घटेर आधामा झर्न सक्ने संकेत गरिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत शीर्ष तेल उत्पादकहरु अर्थात् ओपेक प्लसले अहिलेको उत्पादन कटौतीको योजनालाई त्यागे भने तेलको भाउमा व्यापक कमी आउन सक्ने सिटी ग्रुपका कमोडिटिज रिसर्चका ग्लोबल हेड म्याक्स लेटनले ब्लुम्बर्ग टिभीसँगको एउटा अन्तरवार्तामा भनेका छन् ।

ओपेकले सन् २०२४ को पहिलो त्रैमासमा अहिले जारी कटौतमाथि थपेर तेलको उत्पादन दिनकै अरु ९ लाख ब्यारेल घटाउने योजना बनाइरहेको छ । सदस्य देशहरुले तोकिएको संख्यामा कटौतीलाई कायम गरे भने तेलको भाउ प्रतिब्यारेल ७० देखि ८० डलरबिच सन्तुलित हुनसक्ने लेटनको भनाई छ । तर ओपेकले वाचा गरेअनुसार अतिरिक्त कटौती गर्न सकेन भने तेलको भाउ ३० देखि ५० प्रतिशतसम्म घट्न सक्ने उनी बताउँछन् ।

यसको परिणाम यति पीडादायक हुनेछ कि मूल्यलाई टेवा दिन आगामी वर्षको बाँकी अवधिभर दैनिक ५ लाख ब्यारेल उत्पादन घटाउनु पर्ने हुन सक्ने लेटन बताउँछन् । विश्वको कच्चा तेलको मागमा आएको कमी र अत्यधिक आपूर्तिका कारण यो वर्षभर कच्चा तेलको भाउ दबाबमा छ । सन् २०२४ भर यो स्थितिले निरन्तरता पाउने लेटनको धारणा छ । आगामी वर्ष चीनको कच्चा तेलको मागमा केही सुधार आउने आशा गरिएको भएपनि त्यहाँ जारी आर्थिक सुस्तीले विश्वको आर्थिक वृद्धिदरमा तीव्र कमी ल्याउन सक्ने देखिन्छ । यस्तोमा तेलको भाउलाई टेवा दिन ओपेकसामु थप उत्पादन कटौतीको विकल्प छैन भन्छन् लेटन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’