२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमासले बन्धक बनाएका दुई इजरायली सैनिक गाजामा मृत फेला

२०८०, २९ मंसिर शुक्रबार ११:५३

मङ्सिर २९, काठमाडौं | हमासले बन्धक बनाएका आफ्ना दुई सैनिकको शव फेला परेको इजरायली सुरक्षा बल आइडिएफले जनाएको छ ।

७ अक्टोबरमा प्यालेस्टिनी अतिवादी समूह हमासले आक्रमणपश्चात उनीहरुलाई बन्धक बनाएर गाजामा लगेको थियो । इरेज क्रसिङस्थित आइडिएफ बेसमा कार्यरत हुँदा १९ वर्षीय निक बेइजर र गाजा पुलिस मुख्यालयमा कार्यरत १९ वर्षीय समन्वय र सम्पर्क अधिकारीको रुपमा रहेका रोन शेरम्यानलाई हमासले बन्धक बनाएका थिए।


दक्षिणी गाजामा उनीहरु मृत अवस्थामा फेला परेको इजरायली सेनाले जनाएको छ । ७ अक्टोबरमा भएको आक्रमणमा हमासले २४० जनालाई बन्धक बनाएर गाजा लगेको अनुमान गरिएको छ ।

६ दिनको युद्ध विरामका बेला १०५ बन्धकलाई रिहा गरिएको थियो। १०० भन्दा धेरै हमासको नियन्त्रणमा रहेको र १९ जना मरिसकेको इजरायलले विश्वास गरेको बीबीसीले जनाएको छ ।

हमासले बन्धक बनाएकामा नेपालका विपिन जोशी समेत छन् । उनको अवस्थाबारे केही थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी