२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार

२०८०, २ पुष सोमबार ०८:५१

पुस २, काठमाडौँ | रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत टीकापुर नगरपालिका–१ का ३६ वर्षीय भरत शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएपछि परिवारले कुशको शव बनाएर आइतबार अन्तिम संस्कार गरेका छन् ।  मृतक भरतका दाइ नाता पर्ने बिर्ख शाहका अनुसार भरतको गत शुक्रबार मृत्यु भएको खबर प्राप्त भएपछि दौलतपुर घाटमा अन्तिम संस्कार गरिएको हो । 


शाहका अनुसार भरतसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका रोशन थापाले भरत मारिएको खबर पठाएका थिए । गत २६ नोभेम्बरमा रुसको सीमा क्षेत्रमा गोली लागेर भरतको मृत्यु भएको खबर रोशनले आफ्नो घरमा पठाएको र उनको परिवारमार्फत भरतको मृत्यु भएको खबर पाएको बिर्खले बताए ।

रोशनले आफ्नी श्रीमतीलाई भरतको गोली लागेकै स्थानमा मृत्यु भएको म्यासेज पठाएका थिए । गोली लागेर रोशन घाइते रहेको बताइएको छ । आफन्तका अनुसार दुबईमा काम गर्दै आएका भरत गत ३० साउनमा उतैबाट रुसी सेनामा भर्ना हुन गएका थिए । रुसी सेनामा भर्ना भएपछि पनि उनले घरमा कुराकानी गरेको आफन्तले बताएका छन् ।

शाह प्रहरीबाट राजीनामा गरेर तीन वर्षअघि दुबई गएको पारिवारिक स्रोतले जनाएको छ । उनले सात वर्ष प्रहरीमा काम गरेका थिए । दुबईमा उनी सुरक्षा गार्डको काम गर्थे । उनी गत वर्ष असोजमा घर आएर फागुनमा फर्किएको उनका दाइ बिर्खले बताए । भरतको मृत्युबारे परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रूपमा जानकारी गराएको छैन ।

भरतको शव आउने÷नआउनेसमेत टुंगो नभएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको उनको परिवारले जनाएको छ । आफन्तका अनुसार मृतकका आमा, बुवा, श्रीमती, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी