३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार

२ पुष २०८०, सोमबार ०८:५१

पुस २, काठमाडौँ | रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत टीकापुर नगरपालिका–१ का ३६ वर्षीय भरत शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएपछि परिवारले कुशको शव बनाएर आइतबार अन्तिम संस्कार गरेका छन् ।  मृतक भरतका दाइ नाता पर्ने बिर्ख शाहका अनुसार भरतको गत शुक्रबार मृत्यु भएको खबर प्राप्त भएपछि दौलतपुर घाटमा अन्तिम संस्कार गरिएको हो । 


शाहका अनुसार भरतसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका रोशन थापाले भरत मारिएको खबर पठाएका थिए । गत २६ नोभेम्बरमा रुसको सीमा क्षेत्रमा गोली लागेर भरतको मृत्यु भएको खबर रोशनले आफ्नो घरमा पठाएको र उनको परिवारमार्फत भरतको मृत्यु भएको खबर पाएको बिर्खले बताए ।

रोशनले आफ्नी श्रीमतीलाई भरतको गोली लागेकै स्थानमा मृत्यु भएको म्यासेज पठाएका थिए । गोली लागेर रोशन घाइते रहेको बताइएको छ । आफन्तका अनुसार दुबईमा काम गर्दै आएका भरत गत ३० साउनमा उतैबाट रुसी सेनामा भर्ना हुन गएका थिए । रुसी सेनामा भर्ना भएपछि पनि उनले घरमा कुराकानी गरेको आफन्तले बताएका छन् ।

शाह प्रहरीबाट राजीनामा गरेर तीन वर्षअघि दुबई गएको पारिवारिक स्रोतले जनाएको छ । उनले सात वर्ष प्रहरीमा काम गरेका थिए । दुबईमा उनी सुरक्षा गार्डको काम गर्थे । उनी गत वर्ष असोजमा घर आएर फागुनमा फर्किएको उनका दाइ बिर्खले बताए । भरतको मृत्युबारे परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रूपमा जानकारी गराएको छैन ।

भरतको शव आउने÷नआउनेसमेत टुंगो नभएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको उनको परिवारले जनाएको छ । आफन्तका अनुसार मृतकका आमा, बुवा, श्रीमती, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’