२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी राष्ट्रपतिको चुनाव अगाडि डोनाल्ड ट्रम्पलाई झट्का, चुनाव लड्न अयोग्य ठहर

२०८०, ४ पुष बुधबार ०७:३६

पुष ४, काठमाडौँ | अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले चुनाव लड्न अयोग्य ठहर गरेको छ। करिब ३ वर्ष अगाडि अमेरिकी संसद् भवनमा भएको विद्रोहमा संलग्न रहेको भन्दै कोलोराडो राज्यको सर्वोच्च अदालतले ट्रम्पलाई आफ्नो राज्यमा चुनाव लड्न अयोग्य ठहर गरेको हो। 

संवैधानिक विद्रोहको धारा उद्धृत गर्दै अदालतले ट्रम्पलाई चुनावी प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको हो। 

अदालतले यस्तो फैसला सुनाएको पहिलो पटक हो। अदालतले अमेरिकी संविधानको १४औं संशोधनको धारा ३ को प्रयोग गर्दै कुनै व्यक्तिलाई राष्ट्रपतिको निर्वाचनका लागि अयोग्य ठहर गरेको हो। 


यसअघि अमेरिकाका कयौ राज्यमा ट्रम्पमाथि निर्वाचन लड्न रोक लगाउने कोसिस असफल भएको थियो। 

मंगलबार आएको फैसला कोलोराडो राज्यमा मात्र लागू हुने छ। यो फैसलामाथिको अपिल होल्डमा राखिएको छ। यसलाई पछिल्लो महिनासम्म होल्डमा नै राखिने छ। 

शीर्ष अदालतले आफ्नो फैसलामा लेखेको छ,  ‘ हामी यो निष्कर्षमा यसै पुगेका छैनौँ। हाम्रासामु जुन सवाल उठेको छ, यसको परिणाम कति ठूलो हुने छ भन्नेबारे जानकार छौँ।’ 

अदालतले कानुनको कार्यान्वयन गर्ने कुरामा गम्भीर रहेको पनि भनेको छ। 

‘यस्तै हामी कानुन कार्यान्वयन गर्ने आफ्नो गम्भीर कर्तव्यप्रति सचेत पनि छौँ। बिना कुनै डर, पक्षपात र फैसलामाथि आउने जनताको प्रतिक्रियासँग प्रभावित नभइ यो फैसला कानुन सम्मत रुपमा लिइएको छ,’ फैसलामा भनिएको छ।  

२०२० को राष्ट्रपति जुनावमा जो बाइडेनको जितलाई अस्वीकार गर्दै जनवरी २०२१ मा ट्रम्पका सर्मथकहरुले क्यापिटल हिलमा प्रवेश गरेर तोडफोड समेत गरेका थिए।  उनीमाथि आफ्ना सर्मथकलाई उस्काएको आरोप लाग्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी