३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नक्कली श्रम स्वीकृति पाएपछि मुम्बई विमानस्थलबाट कुवेत र यूएई जना लागे ८ जना नेपाली पक्राउ

९ पुष २०८०, सोमबार ०९:०४

पुस ९, मुम्बई | नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा आठ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

मुम्बई हुँदै कुवेत र यूएई जना लागेका उनीहरूलाई  मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको मुम्बई अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका थिए । पक्राउ पर्ने दुई महिलामा २२ वर्षीया माइली बोमजन र ३२ वर्षीया भगवती डांगीसहित ३० वर्षीय राजकुमार तामाङ, १९ वर्षीय रुपल खड्का, २० वर्षीय अरुण खड्का, १९ वर्षीय करण बोहरा, २० वर्षीय सुजन बोहरा र २८ वर्षीय दीपेश लामिछाने रहेका छन् । उनीहरूको श्रम स्वीकृतिमा नाम र मिति गल्ती पाइएपछि पुनः जाँच गर्दा नक्कली पाइएको प्रहरीको भनाई छ । उनीहरूलाई शनिबार पक्राउ गरिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

अध्यागमनका अधिकारीहरूलाई शङ्का लागेर उनीहरूको दस्ताबेज जाँच गरिएको थियो । उनीहरूको साथमा रहेको दस्ताबेजबारे नेपालको श्रम मन्त्रालयसँग बुझ्दा त्यो नक्कली रहेको पुष्टि भएको साहर प्रहरी थानाका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार मन्त्रालयले ईमेलमार्फत ती दस्ताबेज नक्कली रहेको जवाफ पठाएको थियो ।

प्रहरीका अनुसार उनीहरू दलाललाई १५ लाख बुझाएर वैदेशिक रोजगारीका लागि यूएई जान लागेका थिए । आठ जनालाई भारतीय पेनल कोडको फरक–फरक धारामा ठगीको मामिलामा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’