२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाइलट नै नभएको कार्गो विमान उडेपछि

२०८०, १० पुष मंगलवार ०८:०९

एजेन्सी | विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एउटा कार्गो विमानले कोही चालक नहुँदा पनि सारा उडान सफलतापूर्वक पूरा गरेको छ । कूल १२ मिनेटको सो उडानमा विमान उत्तरी क्यालिफोनिर्याको होलिष्टर एयरपोर्टबाट छुटेको थियो । विमानलाई रिलायबल रोबोटिक्सले चलाएको थियो ।


कम्पनीले सन् २०१९ देखि नै अर्ध–स्वचालित उडान प्रणालीमा काम गरिरहेको थियो । यसमार्फत पाइलटले टाढै बसेर विमानलाई चलाइरहेका थिए । नोभेम्बरमा ५० मिनेटको एउटा फ्लाइट पूरा गरेको कम्पनीले हालै घोषणा गरेको थियो । विमानको नाम सेस्सेना काराभ्यान थियो । सिंगल इञ्जिन भएको यो विमान उडान तालिम, पर्यटन, मानवीय मिसन र क्षेत्रीय स्तरमा कार्गो सेवाका लागि बढी चर्चित छ ।

सेस्सेनाले ३ हजार थान क्याराभ्यान बनाइसकेको छ । यो कार्गोका लागि सबैभन्दा बढी प्रयोगमा आएको विमान भएको रिलायबल रोबोटिक्सका सीईओ रोबर्ट रोजले बताए । यो विमान अहिलेका ठुला विमानको तुलनामा कम उचाइ अनि प्रतिकूल मौसममा उड्छ । त्यसैले यी विमानहरू चलाउन चुनौतीपूर्ण भएको अनि यिनीहरूको सञ्चालन सुरक्षामा सुधार ल्याउन स्वचालनले निकै लामो दूरी तय गर्नु पर्ने रोजले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी