३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ओस्कार विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता लि सन–क्युन मृत भेटिए

११ पुष २०८०, बुधबार ०६:२७

पुस ११, काठमाडौँ | दक्षिण कोरियाली अभिनेता लि सन–क्युन मृत भेटिएका छन् । लि ओस्कार विजेता फिल्म प्यारासाइटमा उनको भूमिकाका लागि चर्चित थिए । ४८ वर्षीय अभिनेता बुधबार सोलको एउटा मुख्य पार्क क्षेत्रमा कारभित्र अचेत अवस्थामा भेटिएको सञ्चार माध्यमहरूले बताएका छन् । लिको मृत्यु हो कि आत्महत्या भन्ने चाँहि स्पष्ट भई नसकेको भन्दै बीबीसीले समाचार छापेको छ ।


लिले घरमा एउटा नोट लेखेर हिँडेको प्रहरीले बताएको छ । उनीमाथि अक्टोबरदेखि लागू औषध दुर्व्यसनको आरोपमा छानबिन भइरहेको थियो । स्थानीय समाचार संस्था योन्ह्यापका अनुसार सोलमा बारका एक कर्मचारीसँग बसेर उनले लागू औषध खाएका थिए । आफूले खाएको चिज गैर कानुन लागू औषध भएको थाहा नपाएको सोधपुछका क्रममा लिले भनेका  थिए । बारकी ती कर्मचारीले भने लिले आफ्नो घरमा कयौं पटक लागू औषध खाएको प्रहरीलाई भनेकी थिइन् । यो आरोपको लिले खन्डन गरेका थिए ।

उनले आफ्नो वकिलमार्फत लाइ डिटेक्टर  परीक्षण गराउन अनुरोध समेत गरेका थिए । लिको लागू औषध परीक्षणको नतिजा भने नकारात्मक वा अपुरो आएको थियो । अनुसन्धानको बीचमा लिको मृत्युको घटनाबाट प्रहरीहरू पछुतो मानिरहेका छन् । अनुसन्धान लिकै अनुमतिमा भएको बताइएको छ । लि २२ वर्षदेखि अभिनयमा संलग्न थिए । पछिल्लो समय दक्षिण कोरियाले लागू औषध विरुद्ध कारबाही तीव्र पारेको थियो । यस मामिलामा अन्य केही सेलिब्रेटीहरु पनि मुछिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’