३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२०२३ मा ७ करोड ५० लाख बढ्यो विश्वको जनसंख्या, २०२४ मा कति ?

१५ पुष २०८०, आईतवार ०९:२४

एजेन्सी | आज सन् २०२३ को अन्तिम दिन अर्थात न्यू इयर इभ । आज सम्पूर्ण विश्व सन् २०२३ लाई विदाइ गर्दैछ भने भोलिदेखि हामी नयाँ वर्ष २०२४ को स्वागत गरिरहेका हुनेछौं ।

यसैबीच, सन् २०२३ मा विश्वको जनसंख्या सात करोड ५० लाख बढेको तथ्यांक सार्वजनिक भएको छ । योसंगै अब सन् २०२४ मा विश्वको जनसंख्या बढेर आठ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ ।

अमेरिकी जनगणना ब्यूरोद्वारा केही दिनअघि जारी गरिएको तथ्यांक अनुसार सन् २०२३ मा विश्वभरीमा भएको जनसंख्या वृद्धि दर एक प्रतिशत भन्दा कम रहेको छ ।

सन् २०२४ को प्रारम्भमा विश्वभरीमा हरेक सेकेन्डमा ४.३ मानिसको जन्म हुँदा प्रत्यक दुई जनाको मृत्यु हुने अनुमान रहेको छ ।


अमेरिकामा जनसंख्या वृद्धिदर पछिल्लो वर्ष ०.५३ प्रतिशत थियो, जुन संसारभरीको वृद्धि दरभन्दा आधा रहेको छ । अमेरिकाको जनसंख्या यो वर्ष १७ लाख बढी र नयाँ वर्षमा यसको कुल जनसंख्या ३३ करोड ५८ लाख हुनेछ ।

बु्रकिङ्स इन्स्टिच्यूटका जनसंख्यिकी विशेषज्ञ विलियम फ्रे भन्छन् – ‘जनसंख्यामा वृद्धिमा अहिलेको गति यदि यो दशकको अन्त्यसम्म यथावत रह्यो भने २०२० को दशक जनसंख्यामा वृद्धिको हिसाबले अमेरिकी इतिहासमा सबैभन्दा सूस्त गतिको दशक हुन सक्छ । त्यस्तै २०२० देखि २०३० सम्म १० वर्षको अवधिमा वृद्धि दर चार प्रतिशत भन्दा कम रहन सक्छ ।’

२०२४ मा संयुक्त राज्य अमेरिकामा प्रत्येक नौ सेकेण्डमा एक जन्म र हरेक ९.५ सेकेन्डमा एक मृत्यु हुने अपेक्षा राखिएको छ । यद्यपि माइग्रेशनले जनसंख्यालाई कम हुनबाट रोक्ने अनुमान गरिएको छ । नेट इन्टरनेशनल माइग्रेशनबाट प्रत्यक २८.३ सेकेन्डमा अमेरिकी जनसंख्यामा एक व्यक्ति जोडिने अपेक्षा रहेको छ । जन्म, मृत्यु र शुद्ध अन्तराष्ट्रिय प्रवासनको यो संयोजनले अमेरिकामा जनसंख्या वृद्धि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’