३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भिटर रोकलाई बार्सिलोनामा १९ नम्बरको जर्सी

१८ पुष २०८०, बुधबार ०८:२४

पुस १८, काठमाडौँ | भर्खर बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन युवा फरवार्ड भिटर रोकलाई बार्सिलोनाले १९ नम्बरको जर्सी दिएको छ। १ साता अघि ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेबाट क्याटलान क्लब बार्सिलोनामा अनुबन्धन भएका रोकलाई १९ नम्बरको जर्सी दिएको बार्सिलोना क्लबले जनाएको छ।

रोकले पारानान्सेमा ९ नम्बरको जर्सीबाट खेल्दै आएका थिए। बार्सिलोनामा ९ नम्बरको जर्सी रोबर्टो लेवान्डोस्कीले लगाउँदै आएका छन्।


रोकभन्दा अघि १९ नम्बरको जर्सीबाट १८ जनाले बार्सिलोनामा खेलिसकेका छन्। रोकभन्दा पहिलो फ्रान्क केसेईले सिजन २०२२/२३ मा १९ नम्बरको जर्सी लगाएका थिए। केसेइभन्दा अघि १९ नम्बर जर्सीबाट फेरान टोरेसले खेलेका थिए। उसमान डेम्बेचले पीएसजी पुगेपछि अहिले ७ नम्बर जर्सीबाट टोरेसले खेल्दै आएका छन्। टोरेसभन्दा अघि अग्युरोले १९ नम्बरको जर्सी लगाएका थिए।

रोक गत समर सिजनमै बार्सिलोनामा अनुबन्धित भए पनि जनवरीबाट मात्रै बार्सिलोना आउने सम्झौता भएको थियो। सोही अनुसार उनी १ साताअघि बार्सिलोना उत्रिएका थिए। १८ वर्षीय युवा फरवार्डसँग बार्सिलोनाले सन् २०३१ सम्मको सम्झौता गरेको छ। 

बार्सिलोना उत्रिएपछि रोकले मिडियासँग कुराकानी गर्दै बार्सिलोनाबाट खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए। फरवार्ड लाइन भरपर्दो नभएको अवस्थामा भित्र्याइएका रोकबाट बार्सिलोनाले धेरै आशा गरेको छ। बार्सिलोना अहिले ला–लिगामा चौथो स्थानमा छ। पहिलो स्थानको रियल मड्रिडभन्दा बार्सिलोना ७ अंकले पछि छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’