३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्ल्याक होलको अध्ययनका लागि भारतले पठायो स्याटेलाइट

१८ पुष २०८०, बुधबार ०९:३१

एजेन्सी | सन् २०२४ को पहिलो दिनमै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले इतिहास रचेको छ । भारतले सोमबार जनवरी १ मा विश्वकै दोस्रो यस्तो स्याटेलाइट प्रक्षेपण गरेको छ जसले ब्ल्याक होल, पल्सर, आकाशगंगा तथा विकिरण आदिको अध्ययन गर्नेछ । यसअघि विश्वमा पहिलोपटक अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२१ मा यस्तै स्याटेलाइट प्रक्षेपण गरेको थियो ।

हाल भारतले प्रक्षेपण गरेको स्याटेलाइटको नाम एक्सरे पोलारिमिटर स्याटेलाइट (एक्सपोस्याट) रहेको छ । यससँग भारतले अन्य विभिन्न १० वटा पे लोड (उपकरण) समेत अन्तरीक्षमा पठाएको छ ।

एक्सपोस्याटको आयु ५ वर्षको हुने बताइएको छ । भारतीय समय अनुसार सोमबार बिहान ९ बजेर १० मिनेटमा गरिएको उक्त स्याटेलाइटको प्रक्षेपण पिएसएलभी रकेट श्रृंखलाको ६०औं प्रक्षेपण हो । रोचक त के भने स्याटेलाइट प्रक्षेपणको अघिल्लो दिन वैज्ञानिकहरुले तिरुपति मन्दिरमा बैंकटेश्वरको पूजाआजा गरेका थिए ।


६५० किलोमिटरको उचाइमा तैनाथ

यो स्याटेलाइटले अन्तरिक्षमा हुने विकिरणको अध्ययन गर्नेछ । साथै यसले विकिरणका स्रोतहरुको पनि तस्वीर खिच्नेछ । रमन रिसर्च इन्स्टिच्यूटले स्याटेलाइटमा जडित टेलिस्कोप निर्माण गरेको हो ।

यो स्याटेलाइटले ब्रम्हाण्डमा सबैभन्दा धेरै चम्किने ५० वटा स्रोतहरुको अध्ययन गर्नेछ, जसमा पल्सर, ब्ल्याक होल एक्सरे बाइनरी, एक्टिभ ग्यालेक्टिक न्यूक्लियाई, नन थर्मल सुपरनोभालगायतका रहेका छन् । यो स्याटेलाइट साढे ६सय किलोमिटरको उचाइमा तैनाथ हुनेछ ।

इसरोले ७ वर्षअघि सन् २०१७ मा यो मिसनको सुरुवात गरेको थियो जसमा करिब साढे ९ करोड डलर खर्च भएको छ ।

श्रीहरिकोटाबाट प्रक्षेपण भएको करीब २२ मिनेटपछि नै एक्सपोस्याट स्याटेलाइट आफ्नो कक्षमा स्थापित भैसकेको थियो ।

यो स्याटेलाईटमा दुईवटा पेलोड रहेका छन् । जसमा पहिलो पोलिक्स र दोस्रो एक्सपेक्ट छन् । एक्सपोस्याटको लागत २५ करोड भारु रहेको बताइएको छ ।

इसरोका अनुसार यो अन्तरिक्ष मिसनले ब्ल्याक होलका बारेमा हालसम्म रहेको ज्ञानलाई बढाउनमा सहयोग गर्नेछ ।

ब्लाक होल अर्थात् कालो छिद्र भनेको अन्तरीक्षको यस्तो क्षेत्र हो जहाँ पदार्थहरु आफैमा विलिन हुन्छन् । ब्ल्याक होलको गुरुत्वाकर्षण बल यति ससक्त हुन्छ कि प्रकाश समेत त्यसबाट भाग्न सक्दैन ।

कतिपय ठूला ताराहरु विस्फोट भएर अन्त्य हुने क्रममा ब्ल्याक होलको निर्माण हुन्छ । कतिपय ब्ल्याक होलहरु इति विशाल हुन्छन् कि यिनको आकार सूर्यको भन्दा अर्बौं गुणा ठूलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’