२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

किम जङ-अनकी छोरी नै उत्तर कोरियाको सम्भावित उत्तराधिकारी : दक्षिण कोरियाली गुप्तचर निकाय

२०८०, २० पुष शुक्रबार ०७:५५

एजेन्सी | उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी "सम्भावित" उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्। किम जू-ए उत्तर कोरियाका शासककी माहिली छोरी हुन्। उनको उमेर १० वर्ष भएको ठानिएको छ।

दक्षिण कोरियाको गुप्तचर निकाय 'न्याश्ननल इन्टेलिजन्स सर्भिस'ले किम जू-‍ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको हो। यद्यपि उक्त निकायले नेतृत्वको उत्तराधिकारसँग सम्बन्धित प्योङ्याङका "सबै सम्भावित योजना" आफूले नियालिरहेको जनाएको छ। किम जू-ए सन् २०२२ को अन्त्यतिर पहिलो पटक सार्वजनिक समारोहमा देखा परेकी थिइन्। त्यसपछि उनी चर्चामा रहँदै आएकी छन्।


"पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि किम जू-एका सार्वजनिक गतिविधि र उनले प्राप्त गरेको सम्मानको विस्तृत विश्लेषणका आधारमा अहिले उनी सबैभन्दा सम्भावित उत्तराधिकारी हुन्," न्याश्ननल इन्टेलिजन्स सर्भिसले भनेको छ।

"तर हामी सबै सम्भावना नियाल्दै छौँ किनभने किम जङ-अन अझै युवा छन्, उनको स्वास्थ्यमा ठूलो समस्या छैन र अरू धेरै परिवर्तनशील कुराहरू छन्।"

गत महिना आयोजित एउटा पत्रकार सम्मेलनमा दक्षिण कोरियाका एक मन्त्रीले पनि उत्तर कोरियाली नेताको सम्भावित उत्तराधिकारीबारे उस्तै आकलन गरेका थिए।

"किम जङ-अनकी छोरीलाई निरन्तर महत्त्व दिइनुलाई उत्तर कोरियाले विषम आन्तरिक अवस्थाका बीच चाँडोचाँडो उत्तराधिकारको उद्देश्य खुलाउन खोजेको प्रमाण मान्न सकिन्छ," एकीकरणसँग सम्बन्धित मामिला हेर्ने मन्त्री किम युङ-होले भनेका थिए।

उत्तर कोरियाबारे चासो राख्ने पर्यवेक्षकहरूले किम जू-एलाई सन् २०२२ को नोभेम्बर महिनामा पहिलो पटक सार्वजनिक गरिएपछि अहिले किमकी "प्रिय" छोरीको साटो "सम्मानित" छोरी भनेर सम्बोधन गरिनु अर्थपूर्ण मानेका छन्।

उत्तर कोरियामा वरिष्ठतम व्यक्तिलाई मात्र "सम्मानित" विशेषण प्रयोग गरिन्छ। यसअघि उत्तराधिकारी बन्ने निश्चित भएपछि मात्र किमलाई "सम्मानित कमरेड" भन्न थालिएको थियो।

उत्तर कोरियामा वरिष्ठतम व्यक्तिलाई मात्र "सम्मानित" विशेषण प्रयोग गरिन्छ। यसअघि उत्तराधिकारी बन्ने निश्चित भएपछि मात्र किमलाई "सम्मानित कमरेड" भन्न थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी