२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सरकारले तलब कम दिएको भन्दै पपुवा न्यू गिनीमा हिंसात्मक प्रदर्शन, १५ जनाको मृत्यु

२०८०, २७ पुष शुक्रबार ०७:०९

एजेन्सी | सरकारले कम तलब दिएको भन्दै पपुवा न्यु गिनीका सरकारी कर्मचारी, सेना र प्रहरीको एक समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दा १५ जनाको मृत्यु भएको छ । करिब २५ जना गम्भीर घाइते भएका छन् ।

दंगा भड्किएपछि प्रधानमन्त्री जेम्स मारापेले १४ दिनका लागि आपतकाल घोषणा गरेका छन् ।

प्रहरी र अन्य सरकारी कर्मचारीहरुको पछिल्लो तलब ५० प्रतिशतसम्म घटेर आएको थाहा पाएपछि बुधबार संसद बाहिर विरोध प्रदर्शन सुरु भएको थियो ।


तर प्रधानमन्त्री मारापेले भने कम्प्युटरमा भएको टाइपिङ मेस्टेकका कारण एक सय डलरसम्म कम तलब गएको स्वीकार गर्दै अर्को महिनाको भुक्तानीमा त्यो त्रुटीलाई सच्याइने बताएका छन् । साथै कानुन तोड्दा परिणाम प्राप्त नहुने भन्दै उनले अराजकता सह्य नहुने बताएका छन् ।

गत बुधबार साँझ राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले गरेको प्रदर्शनले उग्ररुप लिएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली समेत चलाउनु पर्यो ।

राजधानीबाट करिब ३०० किलोमिटर उत्तरतर्फ टाढा रहेको लाए सहरमा दंगा भड्किएको र कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी आयुक्त डेभिड म्यानिङले पुष्टि गरेका छन् । पोर्ट मोरेस्बीको सबैभन्दा ठूलो अस्पतालले गोली लागेर घाइते भएका २५ जनाको उपचार गरिरहेको जनाएको छ ।

भिडियो फुटेजमा राजधानीका पसलहरूमा लुटपाट भएको, भवन र कारहरूमा आगजनी भएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी