२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापान भूकम्प अपडेट : आइतबारसम्म २२० जनाको मृत्यु, २० बेपत्ता

२०८०, २९ पुष आईतवार १०:०४

पुस २९, टोकियो | जापानको इशिकावा प्रान्तमा गएको ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ ।

भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा आइतबार ७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ ।

सोमबारदेखि मङ्गलबारसम्म होकुरिकु क्षेत्र र निगाता प्रिफेक्चरमा चिसो हावा चल्ने अनुमान गरिएको छ । चीसोले गर्दा जापानी समुद्रको तटीय क्षेत्रमा भारी हिमपात हुनेछ ।

यसैबीच, जनवरी १ मा गएको शक्तिशाली भूकम्पपछि देशको सात तहको प्रणालीमा एक वा सोभन्दा बढी को तीव्रताका भूकम्पका झट्का शनिबार अपराह्न ४ बजेसम्ममा एक हजार ३६८ पटक मापन गरिएको जेएमएले जनाएको छ ।

मौसम विज्ञान अनुन्धान निकायका अनुसार मानिसहरुले अझै एक महिनासम्म ५.० म्याग्च्यिुड वा सोभन्दा माथिको शक्तिशाली भूकम्पको सामना गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी