२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनमा विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु

२०८०, ६ माघ शनिबार ०६:१२

माघ ६, बेइजिङ | मध्य चीनको हेनान प्रान्तस्थित एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, “हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए । उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते भएका छन् ।”

आगलागीको रिपोर्टपछि उद्धारकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए भने राति ११:३८ बजे आगो नियन्त्रणमा आइसकेको थियो । गत नोभेम्बरमा उत्तरी चीनको सान्सी प्रान्तमा रहेको कोइला कम्पनीको कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौंलाई अस्पताल लगिएको थियो ।

गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने मानिसहरू झ्यालबाट हाम फालेरसमेत ज्यान जोगाउन बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी