२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भगौडा सेनालाई लिन आएको म्यानमारको विमान भारतीय सीमामा दुर्घटनाग्रस्त

२०८०, ९ माघ मंगलवार ०८:०२

एजेन्सी | भारतीय सीमामा म्यानमारको एउटा विमान दुर्घटना भएको छ । विमान म्यानमार सेनाको भएको बताइएको छ । 

दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो ।


विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । अवतरणका क्रममा मिजोरम लेंगपुई विमानस्थलमा धावनमार्गबाट चिप्लिएर विमान भीरबाट खसेको थियो । यस घटनामा दुई जना गम्भीर घाइते भएको बताइएको छ । अन्य १२ जनालाई भने सामान्य चोटपटक लागेको छ । घाइतेहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पछिल्लो म्यानमारमा विद्रोही र त्यहाँको सेनाबिच झडप चलिरहेको छ । सेनामाथि विद्रोही भारी हुन थालेपछि सयौँ सेना भागेर भारतीय सीमामा रहेको मिजोरमको ल्वांग्ताई जिल्लामा आएका थिए । दुई दिन अघि २७६ जना सेना ल्वांग्ताई जिल्लामा आइपुगेको समाचारमा उल्लेख छ ।

 सेनाको शिविरलाई विद्रोही समूह अराकन आर्मीको लडाकुहरूले कब्जा गरेका थिए । सोमबार १८४ जनालाई म्यानमार फिर्ता लगिएको थियो । बाँकी ९२ जनालाई मंगलबार लगिँदै थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी