३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समुह बिच झडप, ३० को मृत्यु

१२ माघ २०८०, शुक्रबार ०३:०९

नाइजेरिया, १२ माघ । नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ । नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे  ।

मङ्गलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा क्रिसमस डे आक्रमण पछि आएको हो, यसअघिको हिंसामा कम्तिमा १ सय ४० जनाको मृत्यु भएको थियो । 


सो राज्यका मुस्लिम गोठालाहरू र खेती गर्ने इसाइ समुदायहरू बीच वर्षौंदेखि झडप भइरहेका छन, साेही क्रममा पछिल्लाे साे घटना घटेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन ।

पठारको मङ्गु जिल्लामा गत मंगलबार २४ घण्टे कर्फ्यू लगाइएको भएता पनि विद्यालय, पूजास्थल र घरमा आगजनी र तोडफोडसहित थप आक्रमण भएको इसाइ समुदायका नेताहरूले बताएका छन्। इसाई समुदायका अनुसार फुलानीका मुस्लिम गोठालाहरूले क्वाहास्लालेक गाउँमा आक्रमण गरेको र लगभग ३० जनाको ज्यान लिएका हुन ।

‘अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छोडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै मात्रै गर्न सक्छन्, स्थित भयावह रहेकाे छ, ’ स्थानिय इसाइ संघले एक विज्ञप्तिमार्फत भनेको छ । सो घटनामा परी अहिलेसम्म १०० भन्दा बढी घाइते भएकाे भ्वाे न्युजले जनाएकाे छ ।

तर, सुरक्षाकर्मीहरूले हालैका आक्रमणहरूमा मृत्यु हुनेहरूको संख्याबारे टिप्पणी गरेका छैनन्। तर, विस्थापितहरूका लागि मङ्गु सहरमा करिब १५ सय मानिसहरूका लागि दुईवटा शिविर स्थापना गरिएको नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’