३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

१२ माघ २०८०, शुक्रबार ०५:५८

माघ १२, वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। हत्या अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई यस्तो सजाय दिइएको हो । अमेरिकामा मात्र नभई संसारभरिमै नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।


५८ वर्षीय स्मिथले यस सजायविरुद्ध सर्वोच्च अदालतमा दुईवटा अपिल गरेका थिए । उनले सङ्घीय अदालतमा पनि अपिल गरेका थिए । यो मृत्युदण्डको क्रूर र असामान्य भएको उनको तर्क थियो । स्मिथको अनुहारमा हावा नछिर्ने मास्क बाँधेर नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो । शरीरलाई निष्क्रिय बनाउने नाइट्रोजन ग्यास हो । यो ग्यास शरीर भित्र जाने बित्तिकै भित्रको अक्सिजन नष्ट हुन्छ ।

सन् १९८८ को मार्चमा १,००० डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए। पैँतालीस वर्षीया सेनेटलाई आगो बाल्न प्रयोग गरिने धातुका सामग्रीले कुटपिट गरिएको थियो अनि उनको छाती र घाँटीमा चक्कु प्रहार गरिएको थियो। हत्यापछि त्यसलाई चोरीपश्चात् घटेको घटना जस्तो देखाउने प्रयास गरिएको थियो। ऋणमा डुबेका धर्मप्रचारक चार्ल्स सेनेटले बीमाको पैसा पाउने लोभमा श्रीमतीको हत्याको योजना बुनेका थिए। अनुसन्धान अघि बढ्दै गएपछि उनले आत्महत्या गरे। हत्यामा सामेल स्मिथका सहयोगी जोन फरेस्ट पार्करलाई सन् २०१० मै मृत्युदण्ड दिइसकिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’