२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

२०८०, १२ माघ शुक्रबार ०५:५८

माघ १२, वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। हत्या अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई यस्तो सजाय दिइएको हो । अमेरिकामा मात्र नभई संसारभरिमै नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।


५८ वर्षीय स्मिथले यस सजायविरुद्ध सर्वोच्च अदालतमा दुईवटा अपिल गरेका थिए । उनले सङ्घीय अदालतमा पनि अपिल गरेका थिए । यो मृत्युदण्डको क्रूर र असामान्य भएको उनको तर्क थियो । स्मिथको अनुहारमा हावा नछिर्ने मास्क बाँधेर नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो । शरीरलाई निष्क्रिय बनाउने नाइट्रोजन ग्यास हो । यो ग्यास शरीर भित्र जाने बित्तिकै भित्रको अक्सिजन नष्ट हुन्छ ।

सन् १९८८ को मार्चमा १,००० डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए। पैँतालीस वर्षीया सेनेटलाई आगो बाल्न प्रयोग गरिने धातुका सामग्रीले कुटपिट गरिएको थियो अनि उनको छाती र घाँटीमा चक्कु प्रहार गरिएको थियो। हत्यापछि त्यसलाई चोरीपश्चात् घटेको घटना जस्तो देखाउने प्रयास गरिएको थियो। ऋणमा डुबेका धर्मप्रचारक चार्ल्स सेनेटले बीमाको पैसा पाउने लोभमा श्रीमतीको हत्याको योजना बुनेका थिए। अनुसन्धान अघि बढ्दै गएपछि उनले आत्महत्या गरे। हत्यामा सामेल स्मिथका सहयोगी जोन फरेस्ट पार्करलाई सन् २०१० मै मृत्युदण्ड दिइसकिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी