३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

संसारको पहिलोपटक सेतो गैंडा आइभिएफवाट गर्भवती, विश्वमा दुई मात्रै बाँकी थिए

१३ माघ २०८०, शनिबार ०३:३७

माघ १३, केन्या | गैंडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ । जुन भ्रुण स्थानतरणले उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएको  छ । संसारमा अब दुईवटा उत्तरी सेतो गैंडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन ।

तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आइभिएफ प्रबिधिवाट गैंडालाई गर्भबती बनाएका छन ।

बायो रेस्कु प्रोजेक्टलेृ भनेको छ, ‘गैंडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ, यो ठुलो उपलब्धि हो, उत्तरी सेतो गैंडालाई लोप हुनबाट बचाउने बाटो प्रशस्त खुलेको छ ।’

उसले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो । भनेको छ, ‘गैडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरणले उत्तरी सेतो गैंडालाई लोप हुनबाट जोगाउने मार्ग प्रशस्त गरेको छ। वैज्ञानिक र संरक्षणवादीहरूको अन्तर्राष्ट्रिय संघ, भ्रूण स्थानान्तरण पछि गैंडाको विश्वको पहिलो गर्भ प्राप्त गर्न सफल भएको छ ।’ 

उसका अनुसार गत सेप्टेम्बर २४, २०२३ मा केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा सेतो गैँडाको भ्रूण भिट्रोमा सङ्कलन गरिएको अण्डाकोष र शुक्रकीटबाट उत्पादन गरी दक्षिणी सेतो गैँडा सरोगेट आमामा सारिएको थियो। 

उसका अनुसार बायोरेस्क्यु टोलीले ७० दिनको गर्भ रहेको पुष्टि गर्‍यो। ६.४ सेमी लामो पुरुष भ्रूण विकसित भएको छ । सफल भ्रूण स्थानान्तरण र गर्भावस्था अवधारणाको प्रमाण हो र अब सुरक्षित रूपमा उत्तरी सेतो गैँडा भ्रूणको स्थानान्तरणमा जान अनुमति पाएको छ ।

समग्रमा सेतो गैंडाको संख्या घट्दै जानुमा मुख्यतया सिकारीको कारण मानिएको छ । शिकारीकाे कारणले गर्दा उनीहरुको जनसंख्या घटेको इन्टरनेशनल राइनो फाउन्डेसनले जनाएको छ।

केवल दुई उत्तरी सेतो गैंडा संसारमा बाँकी छन्  । र, उनीहरूकाे केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा ७०० एकरको घेरामा बस्छन्, जहाँ तिनीहरूलाई २४ घण्टा सशस्त्र सुरक्षा दिएर राखिएकाे छ ।

सेतो गैंडालाई लोप हुनबाट बचाउने अभियानको आधारशिलाको रुपमा यस अभियानलाइ हेरिएको सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’